शनिबार, साउन २, २०८३

रुपन्देहीमा करेन्ट लागेर मजदुरको ज्यान गयो

रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

कञ्चन गाउँपालिका-४ स्थित क्षेत्री टोलमा करेन्ट लागेर कपिलवस्तुको बाणगंगा-१० गोगापुर बस्ने करिव ५५ वर्षका घुराहप्रसाद थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।

वडाको क्षेत्रीटोल बस्ने भिमकुमार काउचाको घर ढलाईका लागि सटरिङ्ग गर्ने क्रममा फलामको छडले विद्युत्‌को हाइटेन्सन तारमा छुँदा दिउँसो करिब १ बजेको समयमा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 06, 2023| 20:35 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।