बिहीबार, वैशाख २४, २०८३

वीरगञ्जमा एक मजदुरको मृत्यु

पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

वीरगञ्ज- पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन्।

National life

बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। वडा नम्बर ५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाइते भएकोमा उनको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

बहुदरमाई नगरपालिका वडा नम्बर ४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भर्‍याङ बनिरहेको थियो । भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो। 

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए।

प्रकाशित: Jan 06, 2023| 20:20 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।