बिहीबार, वैशाख २४, २०८३

गोरखाबाट हराएका चार किशोरी तनहुँमा फेला

गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराइरहेका चार जना किशोरी तनहुँमा मृत फेला परेका छन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराइरहेका चार जना किशोरी तनहुँमा मृत फेला परेका छन्। 

National life

गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरी आज तनहुँमा फेला परेको गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताए।

महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया संगिता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहिद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हराएका थिए।

किशोरीहरू विद्यालयबाट सम्पर्कविहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 06, 2023| 19:47 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।