बिहीबार, वैशाख २४, २०८३

कालीकोट र दैलेख सडक सञ्जालले जोडिए

कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

मान्म- कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन्। कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन्।

National life

दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै ओदासम्म सडक सञ्जालले जोडिएका छन्।

नेपाल सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डरुपमा लिइएको यो सडक नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महाबु, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने सडकका रुपमा लिइएको कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।

‘यो सडक कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुम्ला छोटो मार्ग हो’, उनले भने, ‘पहिलो पटक ट्र्याक खुलेको छ, स्तरोन्नतिको कामका लागि प्रदेश र सङ्घ सरकारले बजेट विनियोजन गरेका छन्।’

अब केही दिनमै सडक गाउँपालिका केन्द्र पादमघाट पुग्ने गाउँमा अध्यक्ष सिंहले जानकारी दिए। ‘यसअघि मान्मदेखि सेरावाडा हुँदै भैँसेगौँडाको पुल भएर चिल्खाया हुँदै गाउँपालिका केन्द्र गाडी पुगेका थिए’, उनले भने, ‘वर्षात्ले भैँसेगौँडा पुल बगेपछि सडक सञ्जालबाट सम्बन्धबिच्छेद भएको थियो।’

महावै लेकको रक्साडको चट्टान फोडेर यातायातका साधन दैलेखदेखि महावु हुँदै कालीकोटको महावै गाउँपालिका केन्द्र नजिकैको ओदा गाउँ पुगेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव चित्रसिंह गाउँलेले जानकारी दिए। ‘ओदा गाउँमा ट्र्याक्टर र बोलेरो गाडी पुगेर गाउँमा उत्साह छाएको छ’, उनले भने, ‘यो मार्ग निर्माण भएर सडक सञ्जालले नछोेएको महावैमा पहिलो पटक पटक गाडी पुगेको हो।’

प्रकाशित: Jan 06, 2023| 20:00 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।