बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपप्रधानमन्त्री लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुने

उपप्रधानमन्त्री लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

 काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। 

National life

लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

आजको सुनुवाइ रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित हुनेछ। अन्तरिम आदेश जारी भए लामिछानेको सांसद पद तत्काल रोकिन सक्छ। अन्तरिम आदेश जारी नहुँदा उनको पद यथास्थितिमै रहन्छ।

लामिछानेको नागरिकता तथा राहदानीको विषयमा उनको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर भएको थियो।

लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज भएको र उनी नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरी नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको हो। 

प्रकाशित: Jan 06, 2023| 08:54 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।