बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने एकै वडाका ६ महिला

पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने एकै वडाका ६ महिला

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति भएको बस दुर्घटनामा एकै वडाका ६ महिलाको निधन भएको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

बुटवल- पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति भएको बस दुर्घटनामा एकै वडाका ६ महिलाको निधन भएको छ।

National life

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा आमाछोरीसहित एकै गाउँका ६ महिलाको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्री रहेका छन्। मृतक सबै रैनादेवी छहरा–८ कै हुन्।

दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए। घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। 

दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठ्यारो भीरमा खसेको थियो। घाइतेहरूको पहिचान खुल्न सकेको छैन।

प्रकाशित: Jan 06, 2023| 08:14 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।