बिहीबार, वैशाख २४, २०८३

बाक्लो हुस्सुले तराईको हवाई यातायात अवरुद्ध

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागिरहेको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागिरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको छ।

National life

आज दिनभर नै तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ। उसले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।

आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

भोलि शनिबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, पुस २४ गते आइतबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

प्रकाशित: Jan 06, 2023| 08:05 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।