बिहीबार, वैशाख २४, २०८३

दाङबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

दाङ- दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले घोराही उपमहानगरपालिका-४ सुनपुरका १९ वर्षीय बिक्रमभण्डारी, गढवा-६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

National life

प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही-१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो। यादव र परियारलाई लमही-४ अर्नवाबाट पक्राउ गरेको हो। 

प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलव १ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ। 

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए।

प्रकाशित: Jan 06, 2023| 07:42 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।