बिहीबार, वैशाख २४, २०८३

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

जुम्ला- जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा  दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

National life

जुम्ला प्रहरीका अनुसार  जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क१स ११ नम्बरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी-१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला– ३ का २० वर्षीय आकाश थापा को मृत्यु भएको हो।

त्यस्तै जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको  थियो।

आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।  दुर्घटना भएको अटो तिला-३ को श्रीवेणी स्थित कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको छ। 

प्रकाशित: Jan 05, 2023| 21:45 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।