बिहीबार, वैशाख २४, २०८३

टाइम कार्ड लागू गर्दै काठमाडौं जिल्ला प्रशासन

काठमाडौं जिल्ला प्रशासनले नागरिकलाई उपलब्ध गराउने १० थरीका सेवामा टाइम कार्ड लागू गरेको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं जिल्ला प्रशासनले टाइम कार्ड प्रावधान सुरु गरेको छ। टाइम कार्ड लागू भएपछि नागरिकलाई दिने सेवा कागजातका आधारमा उपलब्ध गराइनेछ।

National life

बिहीबारबाट जिल्ला प्रशासनले नागरिकलाई उपलब्ध गराउने १० थरीका सेवामा टाइम कार्ड लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

कागजात पुगे/नपुगेको जाँचेर टाइम कार्ड दिइनेछ। प्रजिअ उपाध्यायले भने, ‘कागजात पुगेको अवस्थामा ३० मिनेटमै सेवा दिने गरी टाइम कार्ड लागू गरेका छौं। यसबाट नागरिकलाई सुबिस्ता हुनेछ।’ आवश्यक कागजात पुगेको अवस्थामा १ घन्टाभित्र सेवाग्राहीले नागरिकता पाउनेछन्। नाबालकको प्रमाणपत्र १ घन्टामा र छापिएर आएको राष्ट्रिय परिचयपत्र ३० मिनेटमा उपलब्ध गराइने प्रशासनले बताएको छ।

फोटो खिचेपछि विभागले छापेर पठाएको राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासनबाटै वितरण थालिएको छ। सिफारिससम्बन्धी काम १ घन्टाभित्र दिने गरी समय छुट्याइएको छ। काठमाडौं जिल्ला प्रशासनले प्रजिअले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्यसहित सेवामा फेरबदल गरेको हो। टाइम कार्ड लागू गर्ने निर्णयसँगै आज उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन गरेका छन्।

प्रकाशित: Jan 05, 2023| 16:54 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।