सोमबार, वैशाख २८, २०८३

वीरगञ्ज–रक्सौल नाकामा राखियो हेल्थ डेस्क

ओमिक्रोन बी एफ ७ भेरियन्टबाट संक्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

पर्सा– भारतमा कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै नेपालको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ। ओमिक्रोन बी एफ ७ भेरियन्टबाट संक्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो।

National life

वीरगन्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मलुकबाट आएकालाई वीरगञ्जको शंकराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्य परीक्षणसँगै एन्टिजेन किटबाट संक्रमित भए/नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा. अनिषा महतोले जानकारी दिइन्।

उनले १ देखि १९ पुससम्म ७ हजार ५०० को स्वास्थ्य परीक्षण र १ हजार २७२ जनाको एन्टिजेन टेस्ट गर्दा हालसम्म कोही सङ्क्रमित नभेटिएको बताइन्। पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेस्ट हुँदै आएकोमा पछिला समय भारतमा संक्रमितको संख्या बढेपछि आवश्यताका आधारमा टेस्टलाई बढाएको उनको भनाइ छ। 

नारायणी अस्पतालले केही पूर्व तयारी गरेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए। उनले संक्रमतिलाई राख्न अस्पतालमा रहेको १८ शय्याको एचडियु, ८ शय्याको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनाशिक्त र अक्सिजनको प्रबन्ध मिलाइएको बताए। 

ओमिक्रोन बी एफ ७ हालसम्मकै सबै भन्दा बढी संक्रामक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सर्वसाधारणलाई चिकित्सकले सुझाएका छन्।

प्रकाशित: Jan 05, 2023| 18:15 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्