बिहीबार, वैशाख २४, २०८३

रुद्रमती नदी आसपासका सार्वजनिक जग्गा खोजिँदै

रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आएपछि प्राधिकरणले थाल्यो मिचिएका जग्गा खोजी।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गा खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो।

National life

प्रारम्भिक रुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले बताए। 

बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नापनक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने उनले जानकारी दिए। प्रतिवेदन तयार भएपछि मिचिएका जग्गालाई सार्वजनिक उपभोगमा ल्याउन पहल थालिने भएको छ। सार्वजनिक जग्गा संरक्षण र मापदण्ड पालनामा प्राधिकरण लागिपरेको छ।

प्राधिकरणले बल्खु खोला नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान पनि सुरु गरेको जनाएको छ। काठमाडौं उपत्यकाका अन्य नदी किनार दायाँबायाँका जग्गा पनि संरक्षण गरिनेछ। मिचिएका नदी किनारका जग्गाको संरक्षण गरी विपद् व्यवस्थापनका लागि उद्यान निर्माण गरिने प्राधिकरणले बताएको छ।

प्रकाशित: Jan 05, 2023| 14:41 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।