बिहीबार, वैशाख २४, २०८३

दादुराबाट एक बालकको मृत्यु

बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

बाँके- बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का साढे २ बर्षका बालकको हिजो मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। 

National life

उनको उपचारको क्रममा मृत्यु भएको हो। केही दिन यता उपमहानगरपालिकामा दादुर रोग फैलिएको छ। ५,७ र ८ नम्बर वडामा दादुरा फैलिएको उनले बताए। 

हालसम्म २४ जनामा दादुरा देखिएको स्वास्थ्यशाखा प्रमुख चन्दले बताए। उनीहरुमा ज्वरो आउने, जीउ दुख्ने, रुघा खोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दाग लगायत लक्षण देखिएको छ। 

चन्दकाअनुसार विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी भइरहेको छ।

प्रकाशित: Jan 05, 2023| 10:20 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।