आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भारतीय मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु

भारतीय मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
 |  बिहीबार, पुस २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

vianetvianet

सर्लाही- सर्लाहीको पर्सा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

गएराति सवा ८ बजे पर्सा-२ को भित्री सडकखण्डमा बीआर ०१ बी ५९१७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो। 

सडकमा पैदल हिँडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारको लागि स्थानीय मेडिकल नारायणपुर लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो। दुर्घटनापछि मोटरसाइकल चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 05, 2023| 08:01 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।