बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको बिहानी न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस

काठमाडौंको बिहानी न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं- देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ।

National life

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। उनका अनुसार काठमाडौंमा आज आंशिक बदलीदेखि मौसम समान्यतः सफा रहनेछ। 

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

हिमपात र बाक्लो हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ। 

प्रकाशित: Jan 05, 2023| 07:05 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।