काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ।
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ। शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ।