बिहीबार, वैशाख २४, २०८३

प्रहरी मुख्यालय तानिए पश्चिम नवलपरासीका एसपी कँडेल

कँडेलको कमान्ड कन्ट्रोल राम्रो नभएको गुनासो आएपछि छानबिनका लागि मुख्यालय तानिएको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

National life

काठमाडौं– प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई फिर्ता बोलाएको छ। कँडेललाई सोमबार मुख्यालय तानेर छानबिन थालिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बताएका हुन्। 

राईका अनुसार कँडेलको कमान्ड कन्ट्रोल राम्रो नभएको गुनासो आएपछि छानबिनका लागि मुख्यालय तानिएको हो। उनीमाथि आर्थिक अनियमितता गरेको आरोप छ। 

‘कमान्ड कन्ट्रोलिङ राम्रो नभएको, आर्थिक अनियमिततालगायत केही आरोप आएका हुनाले उनीमाथि छानबिन गर्न बोलाइएको हो,’ उनले भने, ‘जिल्ला कमान्डरले नैतिकवान, व्यावसायिकता देखाएर काम गर्नुपर्ने हुन्छ।’ हाल कँडेलेको सट्टामा कसैलाई नपठाइएको र छानबिन गरी निर्दोष देखिए पूर्ववत् स्थानमा पठाइने राईको भनाइ छ। 

प्रकाशित: Jan 04, 2023| 12:29 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।