बिहीबार, वैशाख २४, २०८३

छोरा र ज्वाइँकै योजनामा बुवाको हत्या

दासलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा छोरा प्रदीप दास, ज्वाइँ उदय दास र गोली प्रहार गर्ने रञ्जित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनियामा पुस ९ गते साझ ७ बजे धनुक दासमाथि गोली प्रहार भयो। गोली लागेर उनले प्राण त्यागे। मुसहरनिया गाउँपालिका-२ का ४० वर्षीय धनुक दासलाई  गोली प्रहार गरेपछि प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान थाल्यो।

National life

अनुसन्धानका क्रममा दासको हत्या गरेको आरोपमा प्रहरीले छोरा र ज्वाइँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दासलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा छोरा प्रदीप दास, ज्वाइँ उदय दास र गोली प्रहार गर्ने रञ्जित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले हत्यामा संलग्न भएकालाई पक्राउ गरेको हो।

बुवाले दोस्रो विवाह गरेको र दोस्रो श्रीमतीबाट छोरी जन्मेपछि सम्पत्ति बाँडिने भएपछि जेठी श्रीमतीको छोरा र ज्वाइँले ५ लाख भारतीय रुपैयाँमा हत्या गराउने योजना बनाएको प्रहरीले जनाएको छ। हत्याको योजना बनाएको आरोपमा पक्राउ परेका ज्वाइँ उदय नेपाल प्रहरीका सहायक हवल्दार हुन्। उनी अहिले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सवारी चालक थिए।

धनुक दासलाई गोली प्रहार गरी हत्या भएको तीन दिनपछि उदयले गोली प्रहार गर्ने रञ्जितलाई ५ लाखमध्येको ३ लाख रुपैयाँ दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि म्याद लिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: Jan 04, 2023| 12:18 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।