काठमाडौं- काठमाडौंको मिनत्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत फेला परेकी छन्।
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा विगत तीन दिनदेखि बस्दै आएकी रोल्पा मादी गाउँपालिका-७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मृत भेटिएकी हुन्।
उनी सुतेकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।