सोमबार, वैशाख २८, २०८३

लक्ष्मी बैंक र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

लक्ष्मी बैंकले विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधी अध्ययन गर्न चाहाने महिलालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं- लक्ष्मी बैंकले विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधी अध्ययन गर्न चाहाने महिलालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

National life

बैंकले २०औं वार्षिकोत्सवको प्रतिवद्धता स्वरुप काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको हो। सो सम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा. डा. विपिन अधिकारीले हस्ताक्षर गरेका हुन्। 

उक्त छात्रवृत्तिमार्फत बैंकले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने बैंकले जनाएको छ। छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनौट सम्बन्धी प्रकृया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवर्द्धन गर्नेछ।

छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले १ करोड रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्ने बताएको छ। सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययनसम्बन्धी खर्च व्यहोर्न प्रयोग हुने बैंकको भनाइ छ। 

बैंकले लैंगिक समानताको उत्थानका लागि यस छात्रवृत्ति कार्यक्रमको माध्यमबाट योगदान पु्र्याउँदै महिलाहरुले फरक पृष्ठभूमिको बावजुत उपयोग्य तथा आफ्नो छनौटको पेशा अवलम्बन गर्न आवश्यक सहायता, आत्मविश्वास तथा दक्षता प्राप्त गरी समतामूलक समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ। 

प्रकाशित: Jan 02, 2023| 16:12 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्