नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशतको विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ । उक्त विषेश छुट बा≈य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज बहिर¨ परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुनेछ ।
'ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डी अन्तराष्ट्रिय अस्पतालसंगको यस सम्झौता भएको घोषणा गर्न पाउँदा हामीलाई खुशि लागेकोछ । यस सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने हामीलाई विश्वास छ,' नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिक निरज शर्माले भने ।
'नेपाली नागरिकलाई अधिक से अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशि लागेकोछ र यो सम्झौताले सेवामा हामि थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं,’ ग्रान्डी अन्तराष्ट्रिय अस्पतालका प्रमुख संचालन अधिकृत अमृत खन्नाले भने ।
धापासी स्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पताल एक सुविधा सम्पन्न २०० बेड सहितको स्वास्थ्य संस्था हो । अस्पतालमा ३५ विशेसज्ञ विभाग र एक वेलनेश सेन्टर रहेकोछ ।
नबिल बैंकले ७४ वटा शाखाहरुको बृहत सञ्जाल, ११८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंगै अघि बढ्ने विश्वास लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४