मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आजको राशिफल [२०७९ पुस १६]

आज १६ पुष २०७९, शनिवार पुष शुक्ल नवमी पञ्चाङ्ग, परिधि कौलव रेवती।
 |  शनिबार, पुस १६, २०७९
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, पुस १६, २०७९

आज १६ पुष २०७९, शनिवार पुष शुक्ल नवमी पञ्चाङ्ग, परिधि कौलव रेवती।

triton college

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय शुभ रहनेछ। सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन्। मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ। शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन्। पुराना समस्याको समाधान हुनेछ। भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय मध्यम खालको छ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। पहिलेको कमजोर नतिजाले जोश–जाँगरमा कमी ल्याउन सक्छ। अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ।

Metro Mart
vianet

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन। अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ। केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय भरपर्दो छैन। परिस्थितिवश काममा व्यवधान हुनेछ। पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन सकिनेछैन। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ। तर उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय शुभ छ। स्वास्थ्य ठीकठाक रहनेछ। समय लागे पनि सम्मानित काम गर्ने समय छ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने मौका छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय शुभ छैन, स्वास्थ्य भरपर्दो रहनेछ। विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ। वादविवादले काममा समस्या निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ। मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ। तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय रहनेछ। शुभचिन्चकहरूले साथ दिनेछन्। प्रेमको बन्धन कसिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय खराब छ। आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ। मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ। साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ। त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ। समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला। अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन्। जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ। धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ। टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय तथा स्वास्थ्य अनुकुल छैन। गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन्। मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन्। जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज आज स्वास्थ्य सबल रहनेछ। लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ। मानसिक शान्ति र आराम मिल्नेछ। पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ। यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला। टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, समय खराब छ। स्वास्थ्यको हिसावले खराव रहेको छ। घु“डा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन्। त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ। आफूले गरेका काममा चित्त बुझ्नेछैन। शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय शुभ छ। त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला। जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला। गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला। समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन्।

प्रकाशित: Dec 31, 2022| 07:14 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।