आइतबार, वैशाख १६, २०८१

एक खेलाडी जसले देशलाई एकबद्ध गराए

पेलेको निधन भएको खबर सार्वजनिक भएपछि उनको ट्वीटर एकाउन्टमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले राजा पेलेको यात्रालाई सम्झनलायक बनाएको छ। जसको आज शान्तिपूर्ण रुपमा निधन भयो। माया, माया र सधैंभरीलाई माया।’
 |  शुक्रबार, पुस १५, २०७९

बीबीसी

बीबीसी

शुक्रबार, पुस १५, २०७९

साउ पाउलो– जब पेले बितेको खबर आयो, साउ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालबाहिर समर्थकहरु भेला हुन थाले। केहीले नम्बर १० अंकित जर्सी लगाएका थिए, जुन आफ्नो खेल जीवनमा पेलेले सान्तोसमा खेल्दाका दिन लगाउने गर्थे। भीडमा केहीले ब्यानर बनाएर बोकेका थिए। लेखिएको थियो– इटर्नल किङ पेले।

triton college

यो यस्तो बेला थियो, जसबारे समर्थकहरुले सोचेका थिए। सँगसँगै त्यही पलका लागि भयभित पनि थिए। पछिल्ला हप्ताहरु यसरी बिते बि पेलेकी छोरी केली नासिमेन्तोले पेलेको अवस्थाबारे जानकारी दिइरहेकी थिइन्। पेलेका फ्यानहरुले नासिमेन्तोको इन्स्टाग्रामबाट उनको अवस्थाबारे थाहा पाइरहेका थिए।

उनका हरेक पोस्टहरु विश्वभरका लागि समाचारको विषय बनिरहेका हुन्थे। उनका हरेक पोस्टमा ‘ओ री’ कमेन्ट आउँथे। पोर्चुगिज भाषामा यसको अर्थ हुन्छ– ‘महान् राजा।’ जब उनी बितेको खबर आयो, यो कुरा सनसनीपूर्ण बन्यो। अनि अस्पतालले उनको निधनबारे पुष्टि गर्यो। अस्पतालले दिएको जानकारीअनुसार उनका धेरै अंगहरु काम गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए। जहाँ उनको कोलोनको क्यान्सरबाट फैलिएका थिए। अस्पतालले उनको बारेमा विज्ञप्ति लेख्दै उनलाई ‘बिलभ्ड किङ अफ फुटबल’ भनेर सम्बोधन गरेको थियो।

‘हामीले तपाईंलाई भन्न सक्ने भनेको धन्यवाद मात्र हो। हामी तपाईंलाई असिम प्रेम गर्दछौं। तपाईंको आत्माले शान्ति पाओस्,’ समर्थकहरुले ब्यानरमा लेखेका छन्।

यस्तो कुराहरुले पनि बुझाउँछ विश्वभरका फुटबल फ्यानहरुका लागि पेले कति धेरै महत्वपूर्ण पात्र हुन्। त्यो भन्दा धेरै ब्राजिलीहरुको लागि पेलेले धेरै अर्थ राख्छन्। उनले जितेका उपाधिहरुले ब्राजिलीहरुको शीर ठाडो बनाएको छ। आउँदो आइतबार सपथ ग्रहण गर्न लागेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्वाले आफूले पेलेले खेलिरहेको देख्न पाउनु नै ठूलो कुरा रहेको बताएका छन्। जति बेला पेले खेलिरहेका हुन्थे, त्यो  एउटा शो नै हुन्थ्यो भनेर लुइजले पेलेको बयानसमेत गरेका छन्।

corrent noodles
Metro Mart

‘हाम्रो देशको नाम विश्वका कुनाकुनामा पुर्याउने केही ब्राजिलीहरुमा पर्छन् पेले,’ उनले ट्विटरमा लेखेका छन्, ‘विश्वमा उनीजस्तो फुटबलका १० नम्बरे खेलाडी अरु भएनन्।’ हरेक ब्राजिलीहरुका लागि पेले विशेष रहेका छन्। पुरानो पुस्ताले उनलाई खेलाडीका रुपमा सम्झने गरेका छन्। युवापुस्ताले भने उनलाई फुटबलको कौशलका हिसाबले चिन्छन्। जसरी भए पनि उनाले ब्राजिललाई फुटबलको देश बनाउन सबैलाई एकताबद्ध गरेका छन्।

ब्राजिल यस्तो देश हो, जसलाई फुटबलले परिभाषित गरिन्छ। विश्वकपको दौरान ब्राजिलको खेल भएको दिन त्यहाँ सार्वजनिक बिदा नै दिने गरिएको छ। यो वर्षको विश्वकपमा पेले अस्पतालको बेडबाट आफ्नो टिमको खेल हेरिरहेका थिए र खेलाडीहरुलाई राम्रो खेल्नका लागि कामना गरिरहेका थिए। विश्वकप सकिएको केहि दिनमै उनको निधन पनि भयो। तीन पटकका विश्वविजेता उनको निधन मार्मिक भएको छ।

पछिल्लो हप्ता यस्तो भयो कि, फुटबल मन नपराउनेले पनि उनलाई फुटबलको राजा भनेर सम्बोधन गरिरहेका थिए। थाहा थियो– अस्पतालमा उनको अवस्था बिग्रिँदो छ। तर त्यो समयमा उनको जीवन र फुटबलमा उनको योगदान मानिसहरुले सम्झिने अवसर पाएका छन्। धेरैमध्ये उनी यस्ता फुटबलर थिए– जो ब्राजिली बनेर सान्तोषमा खेलिरहे। उत्तरार्धसम्म त्यहिँ खेलेर अन्तिममा उनी कसमस पुगेका थिए।

सन् १९६१ को एक वर्ष त तत्कालिन राष्ट्राध्यक्ष जोन क्वार्दोसले उनलाई राष्ट्रिय सम्पत्ति घोषणा गरेका थिए। त्योसँगै केही वर्ष उनले बाहिरी देशका क्लबहरुमा खेल्न जान पाएनन्। यो ब्राजिलीहरुको लागि राष्ट्रिय गौरवको विषय थियो। त्यस्तो देश जहाँ नश्लवाद, रंगभेद र विभिन्न प्रकारका विभेद अझैसम्म देख्न पाइन्छ। त्यस्तो देशमा काला, गरिब र पिछडिएको समुदायका लागि पेलेको सफलता धेरै संघर्षपूर्ण थियो। तर उनले कमैमात्र रेसिज्मबारे बोलेका छन्। त्यसैले उनको आलोचना पनि हुने गरेको छ। तर उनी ब्राजिली फुटबलमा च्याम्पियन हुन्। ब्राजिलको सफलताका पछाडिका शक्ति हुन् पेले, जसले देशलाई एकताको सुत्रमा बाँध्न सफल भएका छन्। जसले गरिब ब्राजिलीहरुले पनि सफल हुने सपना देख्न सकेका छन्।

यति हुँदाहुँदै, उनलाई देशले सफल मान्दामान्दै र उनलाई सबैले आशाको केन्द्र बनाउँदै गर्दा उनले ब्राजिलको तानाशाही शासनका कारण उनले शीर निहुर्याएको आरोप लगाइन्छ। राजनीतिमा गएपछि उनको योगदान अनुसार कमजोर स्थानमा राख्दा पनि उनले स्वीकार गरेकोेले उनी आलोचित पनि बन्छन्। तर उनी गुज्रिएको समय र तानाशाह सम्झिएर उनका समर्थकले आफूलाई सम्झाउने पनि गरेका छन्। राजनीतिक रुपमा उनको छविबाट विभाजित जनता जब फुटबल मैदानमा पुग्छन्, पेलेको त्यहि पुरानो छविले उनीहरुलाई सबै कुरा भुल्न सहयोग गरिरहन्छ। समर्थकका लागि मैदानमा उनी त्यही तीन विश्वकप जित्ने पेले मात्र बन्छन्। जसले ब्राजिललाई संसारभर चिनायो। अनि उनीमाथि समर्थकको माया, सद्भाव खनिन्छ।

तिनै महान् फुटबलर अब रहेनन्। तर ब्रजिलिहरुको मनमा उनको याद संधै रहनेछ। संसारकै महान् खेलाडी पेलेले जीवन कालमा एक हजार ३६३ खेलमा एक हजार २८१ गोल गरेका छन्। २१ वर्षे फुटबल यात्रामा ब्राजिलका ९२ खेलबाट उनले ७७ गोल गरेका छन्। अहिलेम्म विश्वकपको उपाधि तीन पटक जित्ने एक्ला खेलाडी हुन् पेले। उनले पहिलो उपाधि १९५८ मा जितेका थिए भने दोस्रो १९६२ र तेस्रो उपाधि १९७० मा जितेका थिए।

त्यसकै कारण होला– उनी २००० को प्लेयर अफ दि सेन्चुरी बनेका छन्। उनको निधनपछि राष्ट्रपति जैर बोल्सोनेरोले तीन दिन राष्ट्रिय शोकको घोषणासमेत गरेका छन्। पछिल्ला वर्षहरुमा पेलेलाई मृगौला र अण्डकोषको समस्या देखिएको थियो। उनको कोलोनबाट ट्युमर हटाउनका लागि शल्यक्रिया पनि गरिएको थियो। पछिल्लो समय उनी नोभेम्बर २०२२ मा अस्पताल भर्ना भएका थिए।

पेलेको निधन भएको खबर सार्वजनिक भएपछि उनको ट्वीटर एकाउन्टमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले राजा पेलेको यात्रालाई सम्झनलायक बनाएको छ। जसको आज शान्तिपूर्ण रुपमा निधन भयो। माया, माया र सधैंभरीलाई माया।’

- बीबीसीमा  Katy Watsonले तयार गरेको सामग्री विनय सापकोटाले भावानुवाद गरेका हुन्।

प्रकाशित: Dec 30, 2022| 12:29 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।