बिहीबार, जेठ २८, २०८३

इन्टरनेटको पहुँचमा जुम्लाको सिञ्जा

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउन मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे पनि जानकारी लिन इन्टरनेट सुविधाले सघाउनेछ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिका–४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भई सञ्चालनमा आएको छ। गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि सिञ्जाबासीदेखि स्थानीय तहलाई काम गर्न राहत पुगेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। 

National life

इन्टरनेट सेवा नहुँदा यहाँका नागरिकलाई निकै सकस भएको थियो। अध्यक्ष धितालले भने, ‘फोरजी विस्तारले श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा सुधार हुने अपेक्षा राखिएको छ।’ 

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउन मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे पनि जानकारी लिन इन्टरनेट सुविधाले सघाउनेछ। घरबाट बाहिर गएका आफन्तसँग पनि कुराकानी गर्न यो सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष धितालको भनाइ छ।

पालिका सबै वडामा फोरजी सेवा राम्रोसँग सञ्चालनमा आएपछि यहाँका सर्वसाधारणलाई निकै राहत पुगेको स्थानीय बताउँछन्। पालिकामै इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइन बाट कक्षा लिन यहाँका विद्यार्थीलाई सजिलो भएको उनले जानकारी दिए। 

यसअघि घाम नलागेपछि, पानी पर्दा पनि फोनमा समस्या हुने गरेको थियो। अध्यक्ष धितालको विशेष पहलमा टावरमा सौर्य ब्याट्रीसमेत जडान गरेर अब जुनसुकै परिस्थितिमा पनि फोन सेवा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए।

Shivam cement

गाउँपालिकासँगको साझेदारीमा नेपाल टेलिकमको लगानीमा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ। वायु ऊर्जाको विद्युत् सो टावरमा जोडिएको टेलिकम कर्णाली प्रदेश कार्यालयका इञ्जिनियर चन्द्रभूषण शाहले जानकारी दिए। 

इन्टरनेट सेवा सञ्चालनमा आएदेखि फोन गर्न र इन्टरनेट चलाउन पाउँदा सिञ्जाबासीमा खुसी छाएको स्थानीय उमेश बुढाले बताए। सो टावरले सिञ्जाको कनकासुन्दरी र हिमा गाउँपालिकाका केही स्थानसम्म काम गरेको बताइएको छ।–रासस

प्रकाशित: Dec 29, 2022| 17:10 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्