बिहीबार, जेठ २८, २०८३

पाँच महिनामै किनियो साढे १० अर्बको सुन

बजारमा सुनको मूल्यले अकास छुन थालेपछि पुराना गहना बिक्री गर्ने क्रम बढेको छ। सुन कारोबारी संस्था महासंघले सरकारसँग बजार सुस्ताएसँगै गहना बिक्री हुन छाडेपछि आयात रोक्न माग गरेको छ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको पाँच महिना मंसिरसम्म साढे १० अर्ब रुपैयाँ बराबरको सुन आयात भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म १० अर्ब ५७ करोड ४० लाख ५७ हजार बराबरको १४ लाख ६६ हजार ५८६ ग्राम सुन आयात भएको हो। 

National life

गत वर्ष सोही अवधिमा १८ अर्ब ८६ करोड ६० लाख बराबरको २७ लाख ३४ हजार ५०० ग्राम सुन आयात भएको थियो। राष्ट्र बैंकले आयात कोटा २० किलोग्रामबाट घटाएर १० किलोग्राम कायम गरेसँगै यस वर्ष कम परिमाणमा सुन आयात भएको हो।    

महासंघका अनुसार पुसयता सुन खरिदकर्ताभन्दा गहना बिक्री गर्ने ग्राहक संख््या बढ्न थालेको छ। सुनको मूल्य बढ्न थालेसँगै बजारमा माग घट्दै गएपछि गहना बिक्री गर्नेको संख्या बढेको हो। 

महासंघ अध्यक्ष माणिकरत्न शाक्य सुन बिक्रीको सिजन नभएका कारण बजारमा माग नभएको बताउँछन्। उनले भने, ‘लगनको समय नभएका कारण बजारमा सुनको माग न्यून छ’, उनले भने, ‘अहिले मूल्य बढेकाले नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहक बढी देखिन्छन्।’  

बजारमा सुनको मूल्यले अकास छुन थालेपछि पुराना गहना बिक्री गर्ने क्रम बढेको छ। सुन कारोबारी संस्था महासंघले सरकारसँग बजार सुस्ताएसँगै गहना बिक्री हुन छाडेपछि आयात रोक्न माग गरेको छ।

पुस लागेसँगै बजारमा सुनको माग हुन छाडेको र पुराना गहना बिक्रीमा आएकाले त्यसले नै बजार माग धान्ने हुँदा यो महिना आयात रोक्न सरकारलाई आग्रह गरिएको उनले बताए। उनका अनुसार हाल बजारमा १० किलोग्रामसम्म मात्र सुन बिक्री हुने गरेको छ।

Shivam cement

चाडपर्वका बेला माग बढेकाले बजारमा सुन अभाव भएपछि कोटा बढाउन माग गरेका व्यवसायीले अहिले कारोबार ठप्प हुँदा आयात रोक्न आग्रह गर्दै आएका हुन्। 

बिहेवारी तथा चाडपर्वको समय दैनिक ४० किलोग्रामसम्म सुन बिक्री हुने गरेको महासंघको अनुमान छ। महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० मा कारोबार भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २० ले घटेर १ हजार ३८० रुपैयाँमा आएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक मूल्य तोक्दै आएको छ। 

नेपालमा विभिन्न वाणिज्य बैंकले सुन आयात गर्दै आएका छन्। राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउन गत वैशाखदेखि दैनिक २० किलोग्राम सुनको कोटा घटाएर १० किलोग्राममा झारेको थियो।


प्रकाशित: Dec 29, 2022| 11:56 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्