बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीको आश्वासन पाएर पछि हट्यो निजी क्षेत्र, आन्दोलन स्थगित

अर्थमन्त्रीको आश्वासन पाएर पछि हट्यो निजी क्षेत्र, आन्दोलन स्थगित

ब्याजदर कम गर्नुपर्ने र चालू पुँजी कर्जा कार्यविधि कम्तीमा दुई वर्षको लागि स्थगित गर्नुपर्ने माग राख्दै देशैभर आन्दोलन गरिरहेको निजी क्षेत्र बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा माग सम्बोधन गर्ने आश्वासन पाएपछि पछि हटेको हो।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– आन्दोलनलाई निरन्तर दिने निर्णयबाट निजी क्षेत्र पछि हटेको छ। ब्याजदर कम गर्नुपर्ने र चालू पुँजी कर्जा कार्यविधि कम्तीमा दुई वर्षको लागि स्थगित गर्नुपर्ने माग राख्दै देशैभर आन्दोलन गरिरहेको निजी क्षेत्र बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा माग सम्बोधन गर्ने आश्वासन पाएपछि पछि हटेको हो।

National life

मंगलबार बधाई दिन पुगेका निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले बुधबार आन्दोलनरत उद्योगी व्यवसायीसँग पुनः भेट गरेका थिए। भेटका क्रममा अर्थमन्त्री पौडेलले सबै माग चाँडोभन्दा चाँडो सम्बोधन गर्ने आश्वासन दिएको उद्योग वाणिज्य महासंघले जनाएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार ५ बजे आकस्मिक पत्रकार सम्मेलन गरी आन्दोलन स्थगित गरिने जानकारी दिएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघको वार्ता टोलीको नेतृत्व भने पूर्वअध्यक्ष भवानी राणाले गरेकी थिइन्। अर्थमन्त्री पौडेलले विज्ञ टोलीसँग छलफल गरेर उद्योगी व्यवसायीहरुको मागको सम्बोधन हुने प्रतिवद्धता जनाएकोले आफूहरुले आन्दोलनलाई स्थागित गरेको महासंघले जनाएको छ। 

अर्थमन्त्रीले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधानका बारेमा विज्ञहरुसँग छलफल गरेपछि उद्योगी व्यवसायीलाई समेत राखेर मात्रै निर्णय गर्ने बताएका थिए। बुधबार भएको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी थिए। उनले भने केही बोलेनन्। निजी क्षेत्रसँगको भेटमा अर्थमन्त्री पौडेलले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन स्थगित गर्ने संकेत समेत गरेका छन्। 

प्रकाशित: Dec 28, 2022| 17:27 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्