शनिबार, जेठ ३०, २०८३

नेसनल लाइफद्वारा अभिकर्ताको गोसाइँकुण्ड हेली टुर

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ।

National life

कम्पनीले आफ्ना अभिकर्ताका लागि सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई काठमाडौं बुढानीलकण्ठबाट हेलिकोप्टरमा गोसाइँकुण्डको भ्रमण गराएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले यस प्रकारको भ्रमणले अभिकर्ताको मनोबल वृद्धि भई कम्पनीको व्यवसायसमेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन्। कम्पनीले देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब दुईजना अभिकर्तालाई उनीहरूको अथक परिश्रम र मिहिनेतको कदर गर्दै सम्मान पनि गरेको जनाएको छ।

कार्यक्रममा सहभागी अभिकर्ताले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरू उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।


प्रकाशित: Dec 28, 2022| 17:18 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्