बिहीबार, जेठ २८, २०८३

पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर

नेपालमा हिउँदको समय वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको हो।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो। पानी नपरेकै कारण प्रदूषणसमेत बढ्दै गएको बताइएको छ। केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन। 

National life

पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि असर पर्न थालेको बताइएको छ। मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया १६ मंसिरदेखि १७ फागुनसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ। तर १३ पुससम्म पानी पर्न सकेको छैन। उनका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन।  

नेपालमा हिउँदको समय वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको मौसमविद् कँडेलले बताइन्। उनले भनिन्, ‘यही प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात भइरहेको छ। पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बदली र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने गरेको छ। तर पानी पार्ने गरी सक्रिय नहुँदा वर्षा हुन सकेको छैन।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया काठमाडौंमा डिसेम्बर महिनामा १३.२ मिलिमिटर पानी पर्नुपर्छ। तर यो वर्ष आज २८ डिसेम्बरसम्म पनि पानी पर्न सकेको छैन। पानी नपर्दा काठमाडौंसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ। 

उता वर्षा नभई प्रदूषणसँगै सुक्खापन समेत बढेकाले आगलागीका घटना पनि बढ्न थालेका छन्। आज हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा हुस्सु कुहिरो लागेको छ भने अरु ठाउँको मौसम भने सामान्यतता सफै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।–रासस

Shivam cement

प्रकाशित: Dec 28, 2022| 19:00 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्