आइतबार, असोज १८, २०८३

झन्डै ३ लाख अन्त:शुल्क स्टिकरसहित ५ जना पक्राउ

आन्तरिक राजस्व विभागको करिब ३ लाख थान अन्त:शुल्क स्टिकरसहित ५ जना पक्राउ परेका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

कैलाली- आन्तरिक राजस्व विभागको करिब ३ लाख थान अन्तशुल्क स्टिकरसहित ५ जना पक्राउ परेका छन्। उनीहरूका साथबाट प्रहरीले आन्तरिक राजश्व विभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २ लाख ८८ हजार ६ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान, ३ थान स्ट्याम्प प्याड र मसीसहित बरामदसमेत भएको छ।

पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय संजित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिङ्कु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका-१ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह र पर्सा वीरगंज नगरपालिका-१३ घन्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता छन्।

संजित कुमारले चलाएको ना.३२ प ६२८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलाली र मातहातबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा कार्टुनभित्र आन्तरिक राजस्व विभाग लेखिएको उक्त स्टिकर फेला पारी संजित र मोटरसाइकलमा सवार रिङ्कुलाई पक्राउ गरेको थियो। 

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भएका स्टिकर पटकपटक दोहोरिएको पाइएको थियो। ती स्टिकर गौरीगंगा नगरपालिका-७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिबाट ल्याई उनीहरू बस्ने कोठामा छाप लगाउन लैजान लागिएको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूको कोठामा तलासी गर्दा छाप, स्ट्याम प्याड र र मसीसमेत फेला पारी बरामद कोठामा रहेका राज कुमार, विजय र  सुरेश कुमारलाई पक्राउ गरेको हो।  

आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसँग समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उक्त वेष्टर्न लिकर्स प्रालिमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरी आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीबाट थप अनुसन्धान भइरहेको छ।

उनीहरुलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीमा पठाइने उक्त कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 10, 2021| 15:04 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्