शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

राजनीतिलाई किन धमिल्याइरहन्छन् प्रचण्ड?

नेपालका राजनीतिक दल सत्ता र व्यक्ति केन्द्रित हुँदा सरकार बनाउने र भत्काउने खेलमा सरिक भइरहने प्रवृत्तिका कारण राजनीति अस्थिर अवस्थाबाट गुज्रिइँदै आएको छ।
 |  मंगलबार, पुस १२, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

मंगलबार, पुस १२, २०७९

काठमाडौं- नेपाली राजनीतिको लामो इतिवृत्ति नखोतलौं। २०६२/६३ को जनआन्दोलन यताकै घटनाक्रम हेर्ने हो भने नेपाली राजनीतिले ठूला आरोह-अवरोह पार गरेको छ। १० वर्षे 'जनयुद्ध' शान्ति प्रक्रिया हुँदै २०६३ मंसिरबाट नेकपा माओवादी खुला राजनीतिमा आयो। माओवादी खुला राजनीतिमा आएको पनि १६ वर्ष पुगिसकेको छ। योबीचमा तीन पटक त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सत्तारोहण गरे। 

triton college

यसअघि प्रचण्ड २०६५ र २०७३ सालमा ९–९ महिनाका लागि प्रधानमन्त्री बनेका थिए। पुस १० गते सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा पुन: प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बने।  २७५ जना सांसद रहेको प्रतिनिधिसभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ।

२०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वमा माओवादी पहिलो पटक सरकारमा सहभागी भएको थियो। सञ्चार मन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका ५ नेता मन्त्री भएका थिए। महरासँगै हिसिला यमी भौतिक पूर्वाधार, देव गुरूङ स्थानीय विकास, मातृका यादव वन र  खड्कबहादुर विश्वकर्मा महिला, बालबालिका मन्त्री बनेर अन्तरिम सरकारमा सहभागी भए। यो माओवादी नेताहरूको पहिलो सत्तारोहण थियो।

वि.स‌ं. २०६५ जेठ १५ मा संविधान सभाको पहिलो चुनाव भएको थियो। उक्त चुनावमा माओवादी मुलुकको पहिलो शक्ति हुनपुग्यो। माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्रपछिको पहिलो संविधान सभाले चुनेको प्रधानमन्त्री भए। उनी पहिलो पटक २०६५ साउन ३१ गतेदेखि २०६६ जेठ ११ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए। अन्तरिम सरकारको नेतृत्व लिएका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उक्त चुनावमा कांग्रेस हारे पनि शान्ति प्रक्रियालाई निष्कर्शमा पुर्‍याउन माओवादीलाई सत्ता सुम्पिए।

नेपालका राजनीतिक दल सत्ता र व्यक्ति केन्द्रित हुँदा सरकार बनाउने र भत्काउने खेलमा सरिक भइरहने प्रवृत्तिका कारण राजनीति अस्थिर अवस्थाबाट गुज्रिइँदै आएको छ।

कांग्रेस र माओवादीको आन्तरिक सहमति विपरित प्रचण्डले सम्झौंतालाई बेवास्ता गरे। पहिलो संविधान सभाको चुनाव सम्पन्न गराएका कांग्रेस सभापति कोइरालाई राष्ट्रपति बन्न स्वयम् प्रचण्डले नै अवरोध सिर्जना गरे। यो कुरामा हालसम्म प्रचण्डले पछुतो मानिरहेका छन्। त्यतिबेलैदेखि नेपाली राजनीतिमा प्रचण्डले धोकाको राजनीतिक खेल सुरु गरेका थिए, जुन चरित्र अहिले पनि उस्तै छ।

Metro Mart
vianet

राजनीतिक अपरिपक्वताका कारण प्रचण्डले बहुमतको सरकार गठन भएको ९ महिनामै प्रधानमन्त्रीको पद छोड्नु परेको थियो। प्रचण्ड नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङ्‍गत कटवाललाई बर्खास्त गरी बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्त गरेको थियो। उक्त नियुक्ति विवादमा आएपछि सेनाका परमाधिपतिसमेत रहेका तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले कटवालको पद थमौति गरेका थिए। त्यसपछि प्रचण्डले नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिँदै वहिर्गमित हुनुपरेको थियो।

प्रकाशित: Dec 27, 2022| 13:57 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...