मंगलबार, मंसिर ९, २०८२

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

 |  मंगलबार, मंसिर ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ। आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार  २०० कायम भएको छ।

हिजो  सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो। एक दिनपछि सुनमा रु पाँच हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Nov 25, 2025| 13:12 मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्