शुक्रबार, साउन १५, २०८३

यस्ताछन् मन्त्रिपरिषद्का पछिल्ला १४ निर्णय

 |  मंगलबार, मंसिर ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।

उनले ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताए।

साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेका राजीनामा स्वीकृत गर्ने र नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि भएको उनले जानकारी दिएका छन्।

1-cabinet-1764068595.jpg

2-cabinet-1764068595.jpg

प्रकाशित: Nov 25, 2025| 16:48 मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्