शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा 

गुल्मीको इन्द्रगौँडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिँदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ। 

मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे। 

नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको बताउँदै मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगौडा र भुवाचिदीबासीलाई सजिलो भएको बताए। नगरपालिकाको वडा न. ५ र ६ को वृद्घाभत्ता मेगाको शाखारहित बैंकिङ्ग सेवाबाट हुने उनले घोषणा पनि गरे। 

वडा न ५ का वडाध्यक्ष भागीरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताए। 

शाखा प्रबन्धक पन्थीले शाखारहित बैंकिङ्ग प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्य रुपमा राखिनेहुँदा खातावालाको रकम सुरक्षित रहने बताए। उनले ढुक्क भई मेगा बैंकको अत्याधिक बैंकिङ सेवाको रुपमा रहेको शाखारहित बैंकिङ सेवाको सुविधा उपभोग गर्न सबैलाई आग्रह पनि गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्