शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छिमेकमा फेरि बढ्यो कोरोना, हामी पुरानै पूर्वाधारमा ढुक्क

चीनमा कोरोना संक्रमण बढेसँगै भारतमा समेत उच्च स्वास्थ्य सावधानी अपनाइएको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार केही दिनयता चीनका ८० करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, पुस ८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- पछिल्ला केही सातायता विश्वका कतिपय देशमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नेपालको छिमेकी मुलुक चीनसहित कतिपय मुलुकमा कोरोना फेरि बढ्न  थालेको हो।

triton college

चीनमा कोरोना संक्रमण बढेसँगै भारतमा समेत उच्च स्वास्थ्य सावधानी अपनाइएको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार केही दिनयता चीनका ८० करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। चीनका अलावा जापान र दक्षिण कोरियामा पनि कोरोना तीव्र गतिमा फैलिरहेको छ।

चीनमा कोरोनाको ओमिक्रोन बीएफ ७ सबभेरिएन्ट फैलिरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। बुधबार सोही भेरिएन्टका तीन संक्रमित भारतमा पनि भेटिएका छन्। समाचार एजेन्सी एएनआईले गुजरातको स्वास्थ्य विभागलाई उदृत गर्दै स‌क्रमण पुष्टि भएका दुई जना निको भइसकेको जनाएको छ।

कोरोना संक्रमण बढेसँगै भारत सरकारले २१ डिसेम्बर २०२२ बुधबारदेखि अन्य मुलुकबाट आउने यात्रुको एयरपोर्टमा कोरोना परीक्षण थालेको छ। चीनमा संक्रमण बढ्नु र भारतमा पनि सोही संक्रमण पुष्टि हुँदा भारतले उच्च सावधानी अपनाएको हो। चीन सरकारले कोरोना नियन्त्रणका लागि उच्च सावधानी अपनाएको थियो। उसले शून्य कोरोना पोलिसी नै अपनाएको थियो। तर, त्यसमा चीन सफल हुन सकेन। चीनले कोरोना भाइरसको दुई भ्याक्सिन दिएको थियो, साइनोविक र साइनोफार्म। तर, चीनको सेन्टर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका पूर्व निर्देशक गाओ पूले नै यी भ्याक्सिन निकै कमजोर रहेको बताएका थिए। उसको शून्य कोरोना नीति र कमजोर खोपका कारण समस्या भएको अधिकारीहरूले बताएका छन्।

नयाँ भेरिएन्ट बीएफ७ ले चीनमा दैनिक लगभग १० लाख नयाँ केस ल्याइरहेको छ भने २४ घन्टामा ५ हजार जनाको मृत्यु भएको छ। अब एक महिनाभित्र ३ लाख ७० हजार नयाँ केस देखिने प्रक्षेपण गरिएको छ। मार्च महिनामा यो आँकडा ४२ लाख पुग्न सक्छ। 

Metro Mart
vianet

बेइजिङमा मसानघाटहरू पूर्ण क्षमताका साथ चलिरहेका छन्। शव जलाउनका लागि प्रतीक्षा गर्नुपरेको बताइएको छ। ओमिक्रोनको नयाँ भेरिएन्टले कमै मात्र मृत्यु गराउने भए पनि देशमा वृद्धवृद्धाको संख्या धेरै भएकाले मृत्यु संख्या बढ्न सक्ने आकलन छ। चीनले लामो समयसम्म जिरो कोभिड नीति अपनाएर कठोर लकडाउन लगाएको थियो। तर जनताले त्यसको घोर विरोध गरेपछि सरकारले लकडाउन खुकुलो बनायो। त्यसपछि घरबाहिर निस्केका मानिसले संक्रमण फैलाउँदै हिँडे। विश्व स्वास्थ्य संगठनले पनि चीनमा कोभिडका कारण देशभरिका अस्पताल रोगीहरूले भरिएको जनाएको छ। बेइजिङका अस्पताल बिरामीले भरिभराउ बनेको खबर छ। १०४ डिग्री ज्वरो आएका वृद्धहरू अस्पताल बाहिर ६ घन्टा लाइन लागेर बसेका छन्। 

नेपालमा असर गर्ने चीनभन्दा पनि भारतबाट हो। खुला सीमा र बढ्दो व्यापारका कारण भारतमा खोजिम बढ्दा त्यसको असर नेपालमा सोझै पर्छ। नेपाल र भारतमा कोभिशिल्ड खोप अधिक मात्रामा दिइएको थियो, जुन ८० प्रतिशत मानिसका लागि लाभदायक बनेको थियो। उता डब्लूएचओले पनि यो ६० प्रतिशत प्रभावकारी भएको जनाएको थियो।

यहीबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको जोखिमलाई लिएर समीक्षा गर्ने भएका छन्। चीन, ब्राजिल, जापान र अमेरिकामा कोरोना बढ्दा भारतले उच्च सावधानी अपनाउने भएको हो। बुधबार केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्डवियाले एक उच्चस्तरीय बैठक गर्दै कोरोना महामारीको समीक्षा गरेका थिए। उनले कोरोना जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाउन आग्रह गरेका थिए। 

एब्लूएचओ चिन्तित
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि पछिल्लो समय कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको जनाएको छ। डब्लूएचओको आपत्कालीन विभागका प्रमुख डाक्टर माइकल र्‍यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष(आईसीयू) भरिन थालेको बताए।

पछिल्लो समय राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना संक्रमण बढेको छ। जेनेभामा साप्ताहिक प्रेस कन्फरेन्सका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण 'चिन्ताजनक' भएको बताएका छन्। उनले चीनलाई संक्रमणको गम्भीरता, अस्पताल भर्ना र आईसीयू आवश्यकताबारे सटिक तथ्यांक उपलब्ध गराउन आग्रह गरेका छन्। डाक्टर र्‍यानले कोरोनाबाट बच्न खोप नै उपयुक्त उपाय भएको बताए।

नेपालले कस्तो तयारी गर्दै छ?
नेपाल सरकारले भने कोरोना नियन्त्रणका लागि खासै चासो दिएको पाइँदैन। हतारोमा लतारो भनेजस्तो सरकारी प्रवृत्ति पुन: दोहोरिने देखिएको छ। छिमेकी मुलुकहरूले उच्च सतर्कता अपनाइरहँदा नेपालमा कोरोना जोखिम बढ्दा पुराना संरचना देखाउँदै उनीहरूकै भरथेगमा अघि बढ्ने मुडमा देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर पुरानै पूर्वाधार रहेकाले कोरोना नियन्त्रका लागि खासै जोखिम नहुने बताउँछन्। 'हामीले नेपालमा ८० प्रतिशत जनतामा कोरोना खोप लगाइसकेका छौं। ठूलो संख्यामा बुस्टर डोज पनि दिएका छौं। अब संक्रमण भइहाले पनि त्यति खोजिम हुने होइन। खोप लगाएकामा कम असर गर्छ। यस्तो अवस्थामा सरकारले सहजै कोरोना नियन्त्रण गर्न सक्छ,' उनले भने।

प्रवक्ता ठाकुरले नेपालमा कोरोना खोपको मौज्दात पनि राम्रै रहेको बताए। 'नेपालमा अहिले दैनिक दुई/तीन जनामा संक्रमण देखिरहेको छ। यो भनेको नयाँ भेरिएन्ट होइन। नयाँ भेरिएन्ट आउँदा ठूलो संख्यामा देखिन थाल्छ। यस्तो बेला हामीले स्वास्थ्य सावधानी नै अपनाउने हो,' उनले भने, 'मास्क लगाउन छोड्नु हुँदैन। स्यानिटाइजर पनि प्रयोग गरिराख्नुपर्छ। सामाजिक दूरी कायम राख्नुपर्छ।' उनले सरकारसँग पर्याप्त मात्रामा खोप रहेकाले बुस्टर डोज लगाउन सबै जनतामा आग्रह गरेका छन्।

बुस्टर डोज लगाउँदा शरीरमा एन्टीबडी बलियो हुने बताउँदै प्रवक्ता ठाकुरले खोप लगाउन लापरबाही गर्न नहुने बताए। सरकारले तयारी गरिरहेको भए पनि अहिले कडा गर्न खोजे जनतामा पुन: त्रास फैलिने भएकाले त्यसतर्फ पनि सरकार सजग रहेको उनले बताए। 'हामीसँग पुरानै संरचना छ। पुरानै अस्पताल छन्। आईसीयू र भेन्टिलेटरको पर्याप्तता पनि छ। त्यसैले सावधानी अपनाउने हो आत्तिने होइन,' उनले भने। एयरपोर्टमा भने कोरोना परीक्षण गरे-नगरेको क्युआर कोड हेरेरमात्र यात्रुको आवागमनलाई प्राथमिकता दिइएको उनले बताए। भारतमा कोरोना बढ्दा सीमा नाकामा रहेका पुरानै क्वारेन्टाइनलाई निरन्तरता दिएर ७२ घण्टै सरकारले पीसीआर गर्ने तयारी सरकारको रहेको उनले सुनाए।

प्रकाशित: Dec 23, 2022| 07:29 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्