बिहीबार, जेठ १८, २०८०

ओस्कारबाट बाहिरिए ऐना झ्यालको पुतली अनि लोरी

ओस्कारले गरेको डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, लाइभ–एक्सन, ध्वनि र भिजुअल इफेक्टलगायतका विधामा मनोनयन सार्वजनिक भएको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

Everest Bank
National life insurance
Metro Mart

काठमाडौं– बिहीबार सार्वजनिक भएकौ ९५औं संस्करणका लागि गरिएको सूचीमा यो वर्ष नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र लाइभ एक्सन सर्ट फिल्म विधामा सिफारिस ‘लोरी’ दुवै फिल्म मनोनयनमा अटाउन सकेनन्। 

ओस्कारले १० विधामा मनोनयन घोषणा गरेको छ। डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, लाइभ–एक्सन, ध्वनि र भिजुअल इफेक्टलगायत विधामा मनोनयन सार्वजनिक भएको हो। यो वर्ष अस्करमा पाकिस्तानी फिल्म ‘जोयल्यान्ड’ र भारतीय फिल्म ‘लास्ट फिल्म शो’ (छल्लो शो) मनोनीत भएका छन्। 

त्यस्तै, मौलिक गीततर्फ भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयन भएको छ। ओस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको छ। आगामी १२ देखि १७ जनवरीसम्म पुनः मतदान गर्दै अन्तिम पाँच मनोनीत हुनेछन्। ओस्कार अवार्ड समारोह १२ मार्चमा हुनेछ।

प्रकाशित: Dec 22, 2022| 02:01. 49 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...

पुस्तकमा अटाएको बखतबहादुरको योगदान

विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उनका छोराछोरीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ (२०७९) नै प्रकाशन गरिदिएका...