शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपमा अप्रत्याशित नतिजा : इन्ज्युरी समय, पेनाल्टी र उमेरका रोचक तथ्य

विश्वकपमा अप्रत्याशित नतिजा : इन्ज्युरी समय, पेनाल्टी र उमेरका रोचक तथ्य

फुटबलका तथ्याङ्क विद् निइल्सेनले ग्रासेनोट मेथोडोलोजीबाट तयार पारेको विश्वकपको खेल प्रवृत्तिबारे यो प्रतियोगितामा धेरै नयाँ कुरा देखिएका छन्।
 |  बुधबार, पुस ६, २०७९

बीबीसी

बीबीसी

बुधबार, पुस ६, २०७९

काठमाडौं- खेलको कतार विश्वकपमा १७२ गोल भएसँगै आइतबार अर्जेन्टिनाले तेस्रो पटक उपाधि जित्दै प्रतियोगिता सकियो। नाटकीय रूपमा अतिरिक्त समय प्रदान गरिएको विश्वकपको अन्तिम खेलमा पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लागेको थियो।

triton college

फुटबलका तथ्याङ्क विद् निइल्सेनले ग्रासेनोट मेथोडोलोजीबाट तयार पारेको विश्वकपको खेल प्रवृत्तिबारे यो प्रतियोगितामा धेरै नयाँ कुरा देखिएका छन्। गल्फदेशमा त्यसमाथि चिसो याममा आयोजना भएको पहिलो विश्वकप यस्तो रोचक तथ्याङ्क भेटिए।

६४ वर्ष यताकै ठूला झट्का

यो प्रतियोगिता अन्डरडगको प्रतियोगिता रह्यो। फुटबलमा कमजोर मानिएका देशले १५ खेलमा ठूला प्रतिस्पर्धालाई हराए। प्रतियोगिताको समूह चरणमा ठूलो टिमका १२ हारमध्येको पहिलो हो, तेस्रो दिन साउदी अरेबियासँग अर्जेन्टिनाको लज्जास्पद हार।

एक गोलले अघि रहेको अवस्थालाई अर्जेन्टिनाले रक्षा गर्न सकेन। त्यस्तै मोरोक्कोले स्पेन र पोर्चुगलजस्तो ठूलो टिमलाई अन्तिम १६ र क्वार्टरफाइनलबाटै घर पठायो। ब्राजिलविरुद्ध क्रोएसियाको जितलाई हेर्दा नेल्सनले २४ प्रतिशत खेलको अप्रत्याशित नतिजा निस्किएको देखेका छन्।

corrent noodles
Metro Mart

उनको मेथोडोलोजीअनुसार यदि ९० मिनेटभित्र कुनै टिमको जितको सम्भाव्यता ३३ प्रतिशत भन्दा थोरै छ तर उसले जित्यो भने त्यो अप्रत्याशित हो। यो समूह चरणमा हो। नकआउटमा यो सम्भाव्यता ४७ प्रतिशतसम्म भयो भने त्यो अप्रत्याशित हो।

यसअघिका विश्वकप खेल २००२ मा २२ प्रतिशत, २०१० र २०१८ मा समान  १९ प्रतिशत, १९९० र १९९४ मा समान १७ प्रतिशत रहेको थियो। यसअघि सबैभन्दा धेरै अप्रत्याशित नजिता निस्किएको भने सन् १९५८ मा हो।

थोरै सट, धेरै गोल

यो विश्वकपमा एक हजार ४५६ पटक मात्र विभिन्न टिमले विपक्षीको पोस्टमा प्रहार गरेका थिए। नेल्सनले सन् २००२ बाट राख्न थालेको रेकर्डमा यो सबैभन्दा थोरै सुट हो। यसअघि सन् सन् २०१४ मा सबैभन्दा धेरै  एक हजार ६६१ रहेको उनको रेकर्डमा समावेश छ।

तर खेलका दौरान टिमहरूले प्रहार गरेको औसत सुट चाहिँ २२.८ थियो। तर यो सुटले गोललाई भने रोकेन। यो विश्वकपमा कीर्तिमानी १७२ गोल भएका छन्। सन् १९९८ मा ३२ टिम बनाएपछिको विश्वकपमा यो संख्या सबैभन्दा धेरै हो। सन् १९९८ र सन् २०१४ को ब्राजिल विश्वकपमा १७१ गोल भएका थिए।

यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा मात्र यो भन्दा धेरै गोल भएका थिए। विश्वकपभरिका १७२ गोलमा फरक-फरक ११७ खेलाडीले गोल गरेका छन्। यसअघिका चार विश्वकपभन्दा यो विश्वकपमा पेनाल्टी बक्स भित्रबाट धेरै गोल भएका छन्। विश्वकपमा ९२ दशमलव ९ प्रतिशत गोल पेनाल्टी बक्स भित्रबाट भएका छन्। जहाँ ६२ दशमलव ७ प्रतिशत पेनाल्टी बक्स भित्रबाट बल प्रहार गरिएका थिए।

प्रकाशित: Dec 21, 2022| 08:27 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।