शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • प्रकाश सपुतका सिर्जना : गीतमा मायाप्रेम, भिडियोमा सामाजिक, राजनीतिक मुद्दा

प्रकाश सपुतका सिर्जना : गीतमा मायाप्रेम, भिडियोमा सामाजिक, राजनीतिक मुद्दा

प्रकाश सपुतले पीर, बोल माया, बदला बरिलै, पर पर छु जस्ता गीत हेर्दा समाजकै कथा भने। मायाप्रेम शब्दमा ल्याए पनि त्यसको भिडियो कथा भने समयसापेक्ष भन्न खोजे। गीतमा प्रेमभाव प्रशस्त भेटिए पनि भिडियोको सहाराबाट भने समाजका मुद्दा उधिन्न सिपालु देखिए।
 |  शनिबार, पुस २, २०७९

राज सरगम

राज सरगम

शनिबार, पुस २, २०७९

‘यसपालि कार्यक्रम आफ्नै गाउँमा पार्नुभएछ हैन सर?’, सडकमा गुडिरहेको गाडीको ड्राइभरले सोधेको यो संवाद गायक प्रकाश सपुतको ‘पर पर छु’ बोलको गीतको म्युजिक भिडियोको हो।

triton college

सामाजिक रुपान्तरणका लागि प्रोजेक्टसँगै महिला लिडर (केकी अधिकारी) लिएर गाउँ फर्किएका सपुत साँझ घर पुगेर खाना खाने बेला बहिनी नछुनी भएको थाहा पाउँछन्। महिनावारी भएर गोठमा बसेकी बहिनीलाई बुबाआमाको कारण घरमा ल्याउन पनि सक्दैनन् र दाजु भएको नाताले भेट्न पनि सक्दैनन्। 

एक दिन लिडर महिलासँग बहिनीले पढ्ने स्कुलमा अतिथि हुन पुगेका सपुत उनै बहिनीले गाएको गीतले भावविह्वल हुन्छन्। कार्यक्रममै छाउ भएकी बहिनीलाई अँगालो हालेर डाँको छाड्छन्। 

अन्तिममा बहिनी गोठमा बसेर छायाको चरा उडाउँछे। यता, प्रकाश सपुत ‘सबै मिलेर सोचौं है’ भिडियो न्यारेसनमा भन्छन्। 

अन्तिममा ‘महिनावारी सचेतनाका लागि’ भन्दै गीत सकिन्छ।

corrent noodles
Metro Mart

राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा परपर छु गीत ल्याएका सपुत महिलाको संवेदनासँग नजिक रहेर गीतको भिडियो बनाउँछन्। यसपालि पनि त्यही काम दोहोर्‍याए, परपर छुबाट।

अहिलेसम्मका गीत हेर्ने हो भने महिला संवेदनासँग जोडिएको कथा भन्न सिपालु छन्, सपुत। उनले महिलालाई रुवाएरै दर्शक, श्रोताको मन जितेको भन्न कञ्जुस्याइँ गर्नैपर्दैन।

परपर छु बोलेको गीतको भिडियोमार्फत पहिलो पटक नछुनी भएकी बहिनीलाई रुवाएर छाउपडी प्रथाका विरुद्ध आवाज उठाएका छन्, उनले। तर सपूतको परपर छु गीतको भिडियोभन्दा बलियो भिडियो प्रशस्त आएका छन्। ती भिडियोले छाउपडीका कथा प्रोजेक्टबाट टाढा रहेर देखाएका छन्। १० मिनेट ९ सेकेन्ड लामो यस भिडियो हेर्दा लाग्छ, गायक सपुतले यसपालि गीत बनाएनन्, बरु छाउपडी न्यूनीकरणका लागि जनचेतनामूलक वृत्तचित्र बनाए। 

यो विषय सामान्यजस्तो लागे पनि यसबाट धेरै दिदीबहिनी पीडित छन्। महिला संवेदनालाई पक्रिएर सस्तो चर्चा बटुल्न खोजेका होइनन् उनले। भन्छन्, ‘यसैलाई देखाउँछु भन्ने सोचेले काम गरेको होइन तर काम गरिरहँदा कहीँ न कहीँ सामाजिक विषय जोडिन पुगेको छ।’

१६ दिने महिला अभियानकै क्रममा उनले गीत ल्याए। महिलाहरू अधिकारका लागि लडिरहेका बेला उनी गीतबाट तिनलाई सहयोग पर्‍याउँदै आएको विषय प्रशंनीय नै छ। 


‘पर पर छु गीत केही संघ–संस्थाको आह्वानबाट पनि सम्भव भएको हो। मलाई पनि आफ्नो घरको कथामा किन काम नगर्ने भन्ने लाग्यो। यो विषयमा पनि काम गरौं भन्ने लागेर गरेको हो’, उनी भन्छन्, ‘तर सिर्जनात्मक पक्षबाट सोच्ने हो भने यो नितान्त आफंैले देखेको काम हो। स्वतन्त्र भएर गरेको काम हो। गीत–संगीत स्वयं सिर्जनात्मक हुन्छ। यो कसैको करकापले सिर्जेको भने होइन।’ 

प्रकाश सपुतले पीर, बोल माया, बदला बरिलै, पर पर छु जस्ता गीत हेर्दा समाजकै कथा भने। मायाप्रेम शब्दमा ल्याए पनि त्यसको भिडियो कथा भने समयसापेक्ष भन्न खोजे। गीतमा प्रेमभाव प्रशस्त भेटिए पनि भिडियोको सहाराबाट भने समाजका मुद्दा उधिन्न सिपालु देखिए।

प्रकाश सपुतले पीर, बोल माया, बदला बरिलै, पर पर छु जस्ता गीत हेर्दा समाजकै कथा भने। मायाप्रेम शब्दमा ल्याए पनि त्यसको भिडियो कथा भने समयसापेक्ष भन्न खोजे। गीतमा प्रेमभाव प्रशस्त भेटिए पनि भिडियोको सहाराबाट भने समाजका मुद्दा उधिन्न सिपालु देखिए।

गीत बनाएजस्तो लाग्छ कि वृत्तचित्र बनाएजस्तो लाग्छ, भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामी गाउँले पृष्ठभूमिबाट आयौं, जसका कारण कतिपय कुरा हामीलाई अध्ययन गर्नुपर्दैन। खोज्नुपर्दैन। ती घटना सामाजिक रहनसहन हामीले नै भोग्दै आयौं। एक हिसाबले यो विषय पनि चेलीबेटी, दिदीबहिनी भाग्नुपरेको, लुक्नुपरेको मैले देखें। यस्ता कथा भन्नु हाम्रो पनि कर्तव्य हो।’

भिडियोका कारण उनी जति चर्चामा रहे, त्यति  गीतका कारण रहेनन्। किनकि, यसअघि आएका गीतका भिडियोले रुवाएन मात्रै, आममान्छेलाई समेत मुद्दा चिनाउने र बुझाउने कोसिस गरे। बोल माया गीत दर्शकले अझै बिर्सिएका छैनन्, जुन गीत मात्रै हिट भएन। त्यसको भिडियो हिट भयो, जसका कारण सांगीतिक क्षेत्रमा सपुतलाई स्थापित गर्‍यो। 

बोल माया 

नेपाली संगीतमा उनलाई स्थापित गराउने कालजयी गीत हो– बोल माया। लोकधुन मिश्रित करुण रसमा गाइएको यो गीतमा शब्द, संगीत र स्वरको बेजोड संगम रहेको छ। 

४ जेठ २०७५ मा सार्वजनिक भएको यो गीतमा प्रकाश सपुतसँगै नारायण रायमाझी र शान्तिश्री परियारले स्वर दिएका छन्।

बोल मायाको भिडियो पनि उत्तिकै जीवन्त थियो। यही गीतमा गरेको मर्मस्पर्शी अभिनयले अञ्जली अधिकारीलाई मोडलिङमा स्थापित गरायो। यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन।

दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन हुन पुगेका युवाहरू सबैले धन कमाउँदैनन्। कोही बाकसमा लास बनेर फर्किएका छन्, जो समाज र सिंगो परिवारका लागि आशा भएर बाँचेको थियो। वैदेशिक रोजगारमा गएपछि नेपाली चेलीमा परिवारमा बितेको प्रेम र अवस्थालाई भिडियोमा चित्रण गरे, सपुतले। उनी भन्छन्, ‘मैले त्यही समाज भोग्दै आएँ। त्यही समाजको एक पात्र पनि हुँ, जो विदेश जान तयार भएको थिएँ। त्यसैले मेरोे सिर्जनालाई समाजसँग किन नजोड्ने भन्ने प्रश्न आफैंलाई गरें। काम पनि गरें।’

उनलाई कहीँ न कहीँ महिला संवेदनासँग जोडिएर काम गरेजस्तो लाग्छ। उनी भन्छन्, ‘केही लेख्दा, केही बनाउँदा महिलाकै समस्यामाथि काम गर्न पुगेको छु।’

तर बोल मायादेखि उनले आफ्ना गीत र शब्दमा मायाप्रेमको भए पनि भिडियो कथालाई भने समाजसँग जोडे। प्रकाश भन्छन्, ‘मेरो गीत सुन्नेभन्दा पनि हेर्ने समय आयो। म आफैं पनि युट्युबमार्फत आएको हुँ। मैले गीतमा जत्तिकै भिडियोमा पनि काम गर्ने कोसिस गरें। त्यसैले दर्शकले मेरो भिडियो कथालाई पनि रुचाइदिए।’ 

करुण रसले भरिएको बोल माया गीत सुन्दा र हेर्दा अकास–पातालको फरक छ। तर उनले गीतभन्दा बलियो भिडियो बनाए। बोल मायामा विदेश जाने युवा र श्रीमान् पर्खिएकी श्रीमतीको कथा भनेझैं सपुतले बदला बरिलैमा बढ्दो बलात्कारका घटनाविरुद्ध भिडियोमार्फत आवाज उठाए। 


बदला बरिलै 

व्यावसायिकताभन्दा टाढा रहेर प्रकाश सपुतले गरेको विशुद्ध सन्देशमूलक सिर्जना हो, बदला बरिलै। सपुतका कालजयी सिर्जनमा यसलाई राख्न हिच्किचाउनुपर्दैन।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाले राष्ट्रिय चर्चा पाइरहँदा बलात्कारको थिममा यो गीत प्रकाशले ल्याएका थिए। यो गीतमा प्रकाशले स्वर दिएका छैनन्। यद्यपि, रचना, संगीत र भिडियो निर्देशन उनकै हो। देवी घर्तीको आवाजमा आएको यो गीत मृत्युपछि पनि बलात्कारीसँग बदला लिने महिलाको कथा हो।

पर पर छु भन्दा अगाडि नायिका केकी अधिकारीले मुख्य भूमिकामा अभिनय गरेको गीत बदला बरिलै हो। उनले गीतको भावले छोएर बिनापारिश्रमिक यसमा काम गरेको बताएकी थिइन्। यो गीतमा सिंगो एउटा चलचित्र बन्न सक्ने कथा अटाएका छन्, प्रकाशले।

यसरी हेर्दा राज्यले समाधान गर्न नसकेको मुद्दालाई उनी गीत–संगीतमार्फत प्रश्न गरिरहेका छन्। मुद्दालाई गीतमार्फत झकझक्याएका छन्। उनी भन्छन्, ‘एउटा फ्रेममा काम गर्ने भनेको आफूले बाँचेको समाजकै हो। मेरो समयको कथा भन्नुपर्छ भन्ने लागेरै भन्न खोजेको हुँ। जब कुनै घटनाले मेरो मथिंगल हल्लाउँछ अनि मेरो गीत र भिडियो कथामा त्यस्ता विषय आउँछन्।’

आजको समाजमा भूत बनेर कुनै पात्रले बदला लिन सक्छ भन्ने दृश्य पत्याउन सकिँदैन। सपुतले यो गीतबाट केही आलोचना पनि सुन्नुपर्‍यो। तर उनले एउटा विकल्प देखाउने दुष्साहस भने गरे।

सपुतले समाजमा दलितले भोग्नुपरेको विभेदलाई आफ्ना गीत र भिडियोमा पनि बुझाउन कोसिस गरेका छन्। टेलिभिजन कार्यक्रम ऐनामा उनले एउटा कविता सुनाएर राष्ट्र र राष्ट्रियताको प्रेम एउटा दलितलाई पनि उत्तिकै हुन्छ, जति गैरदलितलाई हुन्छ भन्ने भाव देखिएका थिए, जसले ‘मेरो पनि होइन र यो देश’ जस्तो गीत लिएर आए। 

मेरो पनि होइन र यो देश

१७ साउन २०७७ मा युट्युबबाट प्रिमियर गरिएको ‘मेरो पनि होइन र यो देश’ बोलको विद्रोही गीतमा भने उनी आक्रामक सुनिएका छन्। यो गीतमा जातीय तथा सामाजिक उत्पीडनविरुद्धमा उनले आगो ओकलेका छन्।

स्वयं एउटा दलित परिवारको सदस्य भएकाले पनि प्रकाश यो गीतमा गज्जबसँग पोखिएका छन्। भावमा डुबेर सुन्दा यो गीतले जोकसैको शरीरमा काँडा उमार्छ। गीतको शब्द, संगीत र स्वर प्रकाशकै हुन्। गीतलाई उत्पीडनमा परेकाहरूको साझा आवाजको रूपमा स्वीकारिएको छ।

कुरा बुझ्नुपर्छ

महिला सशक्तीकरण गीतको मुख्य थिम हो। तर केही महिलावादीले नै गीतका केही शब्दमा असन्तुष्टि जनाएका थिए। दर्शक/श्रोताले सहजै टिप्ने र गुनगुनाउने शब्द भएकाले यो गीत तत्काल लोकप्रिय बनेको थियो। गीतको भिडियोले पनि दर्शकको मन जितेको थियो। नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माको जोडी गीतमा खुबै जमेको छ। धन–सम्पत्ति भएको भन्दा पनि माया गर्ने श्रीमान् चाहिन्छ भन्ने मुख्य भाव बोकेको छ, गीतले।

‘कुरा बुझ्नुपर्छ’ पनि प्रकाश सपुतको सर्वाधिक लोकप्रिय सिर्जनाभित्र पर्छ। यद्यपि, यसमा प्रकाशले स्वर भने दिएका छैनन्। गायिकाद्वय शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर दिएको गीतले झट्ट सुन्दा मनोरञ्जक तर गहकिलो सन्देश बोकेको छ। 

‘मेरो माइन्ड सेट सामाजिक विषयसँग नजिक हुने भयो। मेरो सिर्जनाभन्दा बाहिर रहेर काम गर्न सक्दिनँ। मेरो क्षमताका हिसाबले पनि त्यो सोचिरहको हुन्छु होला’, उनले भने, ‘मेरो गीत अथवा भिडियोमा समाजको मुद्दा कहीँ न कहीँ आउँछ। मेरो हृदय, मनमस्तिष्क समाजसँग भिजेको छ। नजिकबाट ती घटनालाई आफ्नो काममा ल्याउन लालायित हुन्छु।’ 

अघिल्लो वर्ष प्रकाशको गीत ‘पीर’ बजारमा आयो, जसले उनलाई चर्चामा मात्रै ल्याएन, विवादमा पनि तान्यो। जनता पक्ष–विपक्षमा उभिए। कारण थियो, उनको गीतले उठाएको भिडियो कथा।  

प्रकाशित: Dec 17, 2022| 14:13 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्