आइतबार, वैशाख १६, २०८१

विश्वकपका यी 'लिजेन्ड' खेलाडी, जो फुटबलप्रेमीको मनमा बसेका छन्

 |  शुक्रबार, पुस १, २०७९

बीबीसी

बीबीसी

शुक्रबार, पुस १, २०७९

बीबीसी– आइतबार राति अर्जेन्टिना र फ्रान्सले विश्वकप फाइनल खेल्दा लियोनेल मेस्सी र केलियन एम्बाप्पे ती टिमका नायक रहनेछन्। यो विश्वकप जसले जिते पनि दुईमध्ये एक खेलाडी विश्व फुटबल इतिहासको पानामा सजिनेछन्।

triton college

अर्जेन्टिनाले ट्रफी जितेमा त्यसको मुख्य श्रेय मेस्सीले पाउनेछन्। फ्रान्सले जितेमा एम्बाप्पेलाई लगातार दुई उपाधि दिलाउने हस्तीका रुपमा इतिहासले सम्झिने छ। ब्राजिल र इटाली जस्तै लगातार दुईपटक विश्वकप जित्ने देशका रुपमा फ्रान्सले कीर्तिमान बनाउनेछ।

अहिलेसम्म इतिहासमा विश्वकप विजेता त्यस्ता खेलाडी को को छन्, जसले आफ्नो देशलाई विश्वकप दिलाउन ठूलै भूमिका खेले? अर्थात् त्यो विश्वकपमा उनीहरुले पूरा श्रेय पाए ? यहाँ त्यस्ता ६ लिजेन्ड खेलाडीको चर्चा गरिएको छ।

पेले, ब्राजिल १९५८
विश्वकप सुरु भएको २८ वर्षपछि ब्राजिल पहिलोपटक स्वीडेनसँगै विश्वकप फाइनलमा पुग्यो। पहिले दुई खेलमा टिममै नपरेका पेलेले सेभियात युनियनविरुद्ध २–० को जितमा प्रभावशााली प्रदर्शन गरे। वेल्सलाई क्वार्टर फाइनलमा १–० ले हराउने क्रममा निर्णायक गोल गरे।

त्यसपछि पेलेलाई कसैले रोक्न सकेन। सेमीफाइनलमा फ्रान्सलाई ५–२ ले हराउने क्रममा त पेलेले ह्याट्रिक नै गरे। फाइनलमा आयोजक स्वीडेनलाई ५–२ ले हराउँदा दुई गोल थपेर उनले ब्रालिलाई पहिलो उपाधि दिलाए।

corrent noodles
Metro Mart

प्रतियोगितामा उनले गरेको त्यो गोलको चर्चा त अझैसम्म गरिन्छ। त्यसबेला उनले आफूलाई राख्न खोजिरहेको डिफेन्डरभन्दा माथिबाट बल छलाएर आफूमाथि खराब ट्याकल भए पनि बललाई नेटमा प्रहार गरेका थिए।

पेलेले आफूले जितेका तीन विश्वकपमध्ये त्यो पहिलो उपाधि थियो। यद्यपि, १९६२ का सुरुका दुई खेलमा मात्र उनले स्थान बनाउन सके। त्यसपछि उनलाई चोटले सतायो। तर १९७० मा उनी जिवनको उत्कृष्ट फर्ममा थिए र फाइनलमा इटालीलाई ४–१ ले हराएर ब्राजिललाई उपाधि दिलाए।

मारियो केम्पेस, अर्जेन्टिना–१९७८
अर्जेन्टिनाले दुईपटक विश्वकप जित्यो। दुईपटक विश्वकप जिताउने हरेक खेलाडीको विशेष हुन्छ। किनभने उपाधि दिलाउनका लागि उनीहरुको योगदान कदर गर्नैपर्ने हुन्छ। त्यसरी पहिलो पटक १९८७ मा घरेलु मैदानमा उपाधि जित्दाका नायक हुन् मारियो केम्पेस।

स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाबाट खेलिरहेका मारियो लिगको लगातार दुई सिजन शीर्ष गोलकर्ताका रुपमा अर्जेन्टिनामा समावेश थिए। उनी अर्जेन्टिनामा त्यस्ता एकमात्र खेलाडी थिए, जो आफ्नो देशमा खेलिरहेका थिएनन्। समूह चरणको पहिलो खेलमै गोल गर्न नसके पनि उनको प्रदर्शन शानदार भने रह्यो।

दोस्रो खेलमा भने उनले पोल्यान्डविरुद्ध २–० को जितमा दुवै गोल गरे। पेरुलाई ६–० ले हराउँदा पहिलो र तेस्रो गोल गरेका थिए। त्यही खेलपछि अर्जेन्टिना फाइनल पुगेको थियो। फाइनलमा उनले दुई गोल गरेपछि नेदरल्यान्ड्स ३–१ ले  हार्यो। प्रतियोगिताको गोल्डेन बुट जितेमा उनी बेस्ट खेलाडीको अवार्ड पनि जिते। यसरी उनले अर्जेन्टिनालाई घरेलु मैदानमा पहिलो उपाधि दिलाए।

पावलो रोस्सी, इटाली–१९८२
दुई वर्षको प्रतिबन्धपछि भर्खरै फुटबलमा फर्किएका थिए पावलो रोस्सी। स्पेनले पहिलो पटक विश्वकप आयोजना गरेको थियो। सिरी ए मा म्यच फिक्सिङले बिग्रिएको आफ्नो छवि सुधार गर्ने अभिभारासाथ स्पेन पुगेका थिए रोस्सी। उनलाई टिममा छनोट गरेको भन्दै इटालीका एन्जो बियरजोटले इटालियन मिडयाबाट धेरै आलोचना खपेका थिए। कमजोर सुरुवातका बाबजुद पनि ती स्टारले ब्राजिलविरुद्ध शानदार ह्याट्रिक गरे। किनभने सेमीफाइनलमा पुग्नका लागि इटालीलाई त्यो जित अत्यावश्यक थियो।

पोल्यान्डलाई सेमीफाइनलमा २–० ले हराउँदा पावलोले दुवै गोल गरे। फाइनलमा इटालीले पश्चिम जर्मनीसँग खेलेको थियो। त्यो खेलमा इटालीका लागि पावलोले पहिलो गोल गरेपछि इटालीले ३–१ को जित निकालेको हो।

प्रतियोगितामा ६ गोल गरेपछि गोल्डेन बुट त जिते नै, प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि बने।

डिएगो म्याराडोना, अर्जेन्टिना–१९८६
हार्ट अट्याकका कारण २ वर्षअघि निधन भएका म्यराडोना अर्जेन्टिनाका सर्वाधिक चर्चित खेलाडी रहे। उनको रेकर्ड अहिलेका कप्तान लियोनल मेस्सीले भर्खरै मात्र तोडेका छन्। अघिल्लो पटक जितेको आठ वर्षमै उनले अर्जन्टिनालाई दोस्रो विश्वकप जित्न महत्वपूर्ण भूमिका खेलेका थिए।

मेक्सिकोमा पहिलो खेलमा इटालीलाई १–१ को बराबरीमा उनले पहिलो गोल गरेका थिए। क्वार्टरफाइनलबाट इंग्ल्यान्डलाई घर पठाउने नायक उनी नै रहे। भर्खरै मात्र फकल्यान्डको युद्धमा बेहोरेको हारको बदला अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएर लिएको थियो। त्यो खेलमा दुई गोल गरेपछि त अर्जेन्टिनी समर्थकलाई म्याराडोना विशेष लाग्न थाले। विश्वमा एउटा वाक्य चर्चित छ, ‘ह्यान्ड अफ गड।’ गोलकिपर पिटर सेल्टन रेफ्रीतर्फ रहेको अवस्थामा म्याराडोनाले पन्चबाट स्कोर गरेको गोलले मान्यता पाएको थियो। रिभ्यू हेर्ने प्रणाली नहुँदा त्यो गोलले मान्यता पाएको थियो।

उनले त्यो खेलमा गरेको दोस्रो गोल त अहिलेसम्मकै उत्कृष्ट विश्वकप गोलमा पर्छ। सेन्टर लाइनदेखि आफ्नैतर्फको मैदानबाट एक्लै लगेर डिफेन्डरहरु र गोलकिपरलाई छलाउँदै गोलपोस्टको बायाँतिरबाट गोल गरेका थिए।

सेमीफाइनलमा बेल्जियमलाई २–० ले हराउने क्रममा उनले ‘स्टनिङ’ प्रदर्शन गरे। फाइनल प्रश्चिम जर्मनीलाई ३–२ ले हराउँदा उनको नाटकीय र रोमाञ्चक प्रदर्शन गरेका थिए। त्यो विश्वकपमा उनको नाममा पाँच गोल र पाँच एसिस्ट रहे। प्रतियोगिताको उत्कृष्ट खेलाडी भएर उनले गोल्डेन बल जिते।

जिनेदिन जिदान, फ्रान्स–१९९८
कौशलले भरिपूर्ण मिडफिल्ड जिदान फ्रान्सले १९९८ मा विश्वकप जित्दा पोस्टर बोइ बनेका थिए। आफैले आयोजना गरेर उपाधि जितेको थियो फ्रान्सले। यस्तो सौभाग्य कमै देशलाई मिलेको छ। त्यस्तै भाग्यमानी टिमका अब्बल खेलाडी रहे जिदान।

प्रतियोगिताको पहिलो गोलमा एसिस्ट गरेपछि फ्रान्सले दक्षिण अफ्रिकाविरुद्ध ३–० को सहज सुरुआत गरेको थियो। त्यसपछि जिदान उत्कृष्ट फर्ममा देखिए। साउदी अरेबियालाई ४–० ले हराउँदा उनको प्रदर्शनको प्रशंसा आज पनि हुन्छ। तर त्यही खेलमा उनले रातो कार्ड बेहोरे। जसकारण उनले डेनमार्कविरुद्धको तेस्रो खेल गुमाए।

तर उनी फरक शैलीमा फर्किए। पेनाल्टीसुटआउटमा इटालीलाई घर फर्काउने नायक उनी नै रहे। क्रोएसिया त्यबेला पनि उत्तिकै बलियो थियो, जति आजका दिनमा छ। जसलाई सेमीफाइनलमा २–१ ले हराउँदा पनि जिदानेले टिमलाई लिड गरिरहे।

फाइनलमा फ्रान्सको सामना ब्राजिल थियो। अघिल्लोपटक विश्वकप जितेको फ्रान्सको टिममा स्वर्णिम काल बिताएका खेलाडी थिए। ती खेलाडीविरुद्ध जिदानेले दुई हेडर गोलमा परिणत गरे। त्यो प्रदर्शनले उनी टिम अफ द टुर्नामेन्टमा परे। दुई वर्षपछि उनी यूरो कपमा पनि उत्कृष्ट बने। जहाँ फ्रान्सलाई उनले उपाधि दिलाएका थिए।

रोनाल्डो, ब्राजिल–२००२
१९९८ को विश्वकप फाइनल नै ब्राजिलका स्ट्राइकरको लागि ठूलो अवसर मानिएको थियो। तर त्यस्तो भएन। फ्रान्ससँग ब्राजिल ३–० ले पराजित भयो। त्यो खेलअघि उनी अचानक बिरामी (जफती–दिमागमा हुने विद्युतीय गडबढी) परेपछि सुरुवाती ११ मा परेनन्। पछि मैदान गएर उनले प्रभाव पार्न सकेनन्।

सन् १९९९ मा घुँडोको गम्भीर चोट लागेपछि उनी खेलमा नफर्किने डाक्टरले बताएका थिए। तर त्यो चोट जादूमयी तरिकाले ठीक भयो। त्यो फुटबलको सबैभन्दा ठूलो कमब्याक स्टोरी थियो। सन् २००२ मा दक्षिण कोरिया र जापानमा भएको प्रतियोगितामा रोनाल्डोले सनसनीपूर्ण प्रदर्शन गरे।

चार वर्षको पीडा उनले सात खेलमा आठ गोल गर्दै भुल्न कोसिस गरे। उनका ती गोल ब्राजिललाई उपाधि दिलाउनका लागि पर्याप्त रहे। समूह चरणका तीन खेलमा चार गोल गरेका उनले एक टर्की(१–२) विरुद्ध, चीनलाई ४–० ले हराउँदा एक र कोस्टारिकालाई ५–२ ले हराउँदा गोल गरेका थिए।

रोनाल्डोले अन्तिम १६ मा बेल्जियमविरुद्ध गोल गरेका थिए। सेमीफाइनल र फाइनलमा त रोनाल्डोले मात्र गोल गरे। टर्कीलाई १–० ले हराउँदा र फाइनलमा जर्मनीलाई २–० ले हराउँदा उनले दुवै गोल गरेका थिए।

शीर्ष गोलकर्ता बन्दै उनले प्रतियोगिता अन्त्य गरे। त्यसपछि उनले भन्दा धेरै गोल कुनै खेलाडीले गर्न सकेका छैनन्। यो वर्ष मेस्सी र एम्बाप्पेलाई त्यो अवसर भने रहनेछ। यदि यो वर्ष पनि यी दुई देशमध्ये एक विजेता हुँदा मेस्सी वा एम्बाप्पेलाई यो तालिकामा राख्न सकिने छ।

प्रकाशित: Dec 16, 2022| 16:25 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।