बिहीबार, जेठ २८, २०८३

सुनको मूल्य प्रतितोला लाख नाघ्यो

मंगलबारको कारोबार दिन प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार रुपैयाँ बढेको हो।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको कारोबार दिन प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार र तेजाबी सुन प्रतितोला १ लाख ५००  सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख र तेजाबी सुन प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको थियो।  

बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

प्रकाशित: Dec 14, 2022| 15:39 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्