शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ब्रतबन्धको खुसी नसकिँदै जब शोकको खबर आयो

दुर्घटनाको यकिन कारण बताइसकेको छैन प्रहरीले। 'घाइतेमध्ये केहीले तीव्र गतिमा बस रहेको र ब्रेक फेल हुँदा दुर्घटना भएको भनिरहनु भएको छ। चालकले मादक पदार्थ सेवन गरेको कुरा पनि आएको छ। वास्तविक कुरा आउन सकेको छैन। चालकको समेत घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले अनुसन्धान सकेपछि मात्र घटनाको कारण थाहा होला,' नेपाल समयसँग कुरा गर्दै उनले भने।
 |  बुधबार, मंसिर २८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, मंसिर २८, २०७९

काठमाडौं-  काभ्रेको बेथानचोक-५ मंगलबार दिनभर ब्रतबन्धको खुसीमा थियो। गाउँमा कुनै कार्जे हुँदा सबै मिलेर रमाइलो गर्नु हाम्रो परम्परा नै हो। यसले आत्मियता त बढाउँछ नै, काम पनि होलो हुन्छ।

triton college

बेथानचोक-५ मा एक जना तामाङ परिवारका युवकको ब्रतबन्ध थियो। टाढाटाढाबाट पनि आफन्तहरू आएका थिए। कार्यक्रम उमंगका साथ सम्पन्न भयो।

कार्यक्रम सकिएपछि साँझपख आफन्तहरू घर फर्कने क्रम सुरु भयो। धुलिखेलबाट केही आफन्त बस नै रिजर्भ गरेका आएका थिए। उनीहरू साँझ फर्किंदै थिए, बाटोमा आपत् आइपर्‍यो। बेथानचोकस्थित चलाल गणेशस्थानमा पुगेपछि बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना हुन पुग्यो। केहीको दुर्घटनास्थलमै त केहीको अस्पतालमा ज्यान गयो। प्रहरीका अनुसार दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार बसमा ३९ जना सवार थिए। तीमध्ये १५ जनाले घटनास्थलमै प्राण त्यागे। तीन जनाको शिर मेमोरियल अस्पताल बनेपामा निधन भयो। २१ जनाको शिर मेमोरियल अस्पताल बनेपा, मध्यपुर अस्पताल भक्तपुर, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं, त्रिवि शिक्षण अस्पताल काठमाडौं र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

अध्यक्ष अधिकारीले उद्धारमै खट्नुपरेकाले अहिले नै सबै विवरण संकलन भइनसकेको बताए। 'दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ। त्यसमा पनि एउटै समुदायका मानिसले ज्यान गुमाएका छन्। घटनाको विस्तृत विवरण अझै आउन सकेको छैन। एउटै परिवारका पनि धेरै जना दुर्घटनामा परेको आशंका छ,' उनले भने।

Metro Mart
vianet

दुर्घटनाको यकिन कारण बताइसकेको छैन प्रहरीले। 'घाइतेमध्ये केहीले तीव्र गतिमा बस रहेको र ब्रेक फेल हुँदा दुर्घटना भएको भनिरहनु भएको छ। चालकले मादक पदार्थ सेवन गरेको कुरा पनि आएको छ। वास्तविक कुरा आउन सकेको छैन। चालकको समेत घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले अनुसन्धान सकेपछि मात्र घटनाको कारण थाहा होला,' नेपाल समयसँग कुरा गर्दै उनले भने। केही बेर अघिसम्म उमंगमय बनेको तामाङ समुदाय एकै छिनमा शोकमा डुब्दा आफू निकै मर्माहत भएको उनले सुनाए।

दुर्घटनाग्रस्त बस।
अध्यक्ष अधिकारीका अनुसार दुर्घटनास्थल बेथानचोक गाउँपालिका–५ च्याल्टी खासै जोखिमपूर्ण पनि छैन। अप्ठ्यारो बाटो काटेर राम्रो ठाउँमा पुगेपछि बस दुर्घटनामा परेको उनले बताए। 'ज्यान गुमाउनेमा बेथानचोक-१ का एक जना, ललितपुरका एक जना, बेथानचोक-४ र ५ का एक/एक जना रहेका छन्। बाँकी सबै मृतक बनेपाका रहेको बुझिएको छ। थप दुर्घटनाको जोखिम नरहोस् भनेर दुर्घटनाग्रस्त बस निकाल्नका लागि म घटनास्थलमै छु। हामीले बस निकाल्ने प्रयास गरिरहेका छौं,' उनले भने।

घाइतेहरूको उपचारमा पनि आफूहरू सक्रियताका साथ लागेको अधिकारीले बताए। 'अस्पतालले पनि राम्रो उपचार गरिरहेको छ। प्रधानमन्त्री, गृहमन्त्रीले समेत उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइसकेकाले सबै निकायबाट उपचारमा कुनै कमजोरी नरहने गरी काम भइरहेको छ। समयमै उद्धार गर्न सकिएकाले थप मानवीय क्षति हुनबाट जोगिएको छ। समयमै घाइतेलाई अस्पताल पुर्‍याउन नसकेको भए थप मानवीय क्षति हुने खतरा थियो,' उनले भने।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार ज्यान गुमाउनेमा ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ बनेपा नगरपालिका वडा नम्बर ११ का रहेको बताए।

मृत्यु हुने अन्यमा बनेपा-१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका १ की ३७ वर्षीया जेली तामाङ, धुलिखेल ११ का ३० वर्षीय बुध्द तामाङ र बेथानचोक ५ का ३२ वर्षीय मञ्जु तामाङ छन्। बस चालक ललितपुरको महाँकाल- ४ घर भई हाल पनौती ४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ। मृतकमध्ये पाँच जनाको पहिचान खुलेको छैन।

अघिल्लो दिन सोमबारमात्रै जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो। बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो। जिप मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको थियो। उक्त जिप विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार ल्याउन लागिएको थियो। बिरामीसँगै अन्य जन्ती पनि चढेका थिए। 

प्रकाशित: Dec 14, 2022| 13:07 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।