बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अप्ठेरो अर्थतन्त्रले बढाएको ब्याजदर स्वाभाविक : गभर्नर अधिकारी

अप्ठेरो अर्थतन्त्रले बढाएको ब्याजदर स्वाभाविक : गभर्नर अधिकारी

अर्थतन्त्र अप्ठेरोमा परेपछि निजी क्षेत्रसँगै सबैले समस्या भोग्नुपरेको गभर्नर अधिकारीको धारणा।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अप्ठेरो अर्थतन्त्रले बढाएको ब्याजदर स्वाभाविक रहेको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औं वार्षिक साधारणसभा अवसरमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले तरलता केही सहज बन्दै गए पनि पुसमा केही असहज हुने औंल्याए। अर्थतन्त्र अप्ठेरोमा परेपछि निजी क्षेत्रसँगै सबैले समस्या भोग्नुपरेको उनको धारणा छ। निजी क्षेत्रले राष्ट्र बैंकको नीतिमा सरकारलाई हस्तक्षेप गर्न माग गर्नु सान्दर्भिक नभएको गभर्नर अधिकारीको भनाइ छ।

प्रकाशित: Dec 14, 2022| 12:33 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्