बिहीबार, जेठ २८, २०८३

घिरिङ सबस्टेसन निर्माण पूरा

आयोजना प्रभावित तनहुँमा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको हो।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले घिरिङ गाउँपालिका–४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न गरेको छ। कम्पनीले सामाजिक विकास कार्यक्रमअन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरेको हो। 

National life

कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँमा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको हो। 

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना’मार्फत तनहुँको शुक्लागण्डकी  नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ। 

घिरिङ सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ। ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ। सबस्टेसनमार्फत तनहुँका भिमाद नगरपालिका तथा  घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत् आपूर्ति हुनेछ।

यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाउनेछन्। आयोजनाअन्तर्गत नै तनहुँको बन्दीपुर गाउँपालिका वडा–६ मा ३३÷११ केभीको सबस्टेसन निर्माण अन्तिम चरणमा छ। यसैगरी, तनहुँको मार्कीचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म लैजाने ३३ केभी लाइन निर्माण पनि अन्तिम चरणमा छ। आयोजनाअन्तर्गत तनहुँका विभिन्न ठाउँमा विभिन्न क्षमताका ७० वटा नयाँ वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ। 

Shivam cement

दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इस्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मंसिरमा ठेक्का सम्झौता भएको थियो। ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कार्य चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो।

प्रकाशित: Dec 14, 2022| 12:09 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्