बिहीबार, जेठ २८, २०८३

अर्थतन्त्र सकारात्मक लयमा : अर्थमन्त्री शर्मा

अर्थतन्त्रलाई गति दिन सरकार, राष्ट्र बंैक र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने अर्थमन्त्री शर्माको धारणा।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सकारात्मक लयममा अगाडि बढिरहेको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

National life

उनले अर्थतन्त्रलाई गति दिन सरकार र राष्ट्र बंैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले चुनौतीका कारण पहिल्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। शर्माले भने, ‘अर्थतन्त्रको चुनौती आन्तरिक कारणले मात्रै आउँदैन। राष्ट्रिय उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनमा जोड दिनैपर्छ।’

आयात प्रतिस्थापन हुन नसक्दा उपलब्ध  स्रोत–साधन परिचालनमा अप्ठेरो भइरहेको उनको भनाइ छ। ‘नीति निर्माण र त्यसको कार्यान्वयन क्षमतातिर फोकस हुनुपर्छ। गुणात्मक विकास र पारदर्शिता आजको आवश्यकता हो,’ उनले भने। 


विगतका नीतिलाई निरन्तरता दिँदै निर्यात गर्न सक्ने प्रतिस्पर्धात्मक वस्तुलाई नीतिगत रूपमा सुधार गरेर प्रोत्साहन दिन थालिएको उनले बताए। सरकारले निजी क्षेत्रलाई आफ्नै अंगको रूपमा बुझ्ने काम भएको र पटक–पटकको छलफलमार्फत समस्या समाधानका लागि प्रयास भइरहेको अर्थमन्त्री शर्माको धारणा छ।

सरकार र निजी क्षेत्र एउटै रथका दुई पांग्रा भएकाले यसमा सरकारलाई मात्र दोष दिएर कोही उम्किन नसक्ने उनको भनाइ छ। उनले भने, ‘हामी खुला छौं। सुधार गर्नुपर्ने कुरामा तयार छौं।’

Shivam cement

प्रकाशित: Dec 14, 2022| 11:36 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्