बिहीबार, जेठ २८, २०८३

विराटनगर महानगरपालिकाद्वारा कर संकलन अभियान सुरु

विराटनगर महानगरपालिकाले मंगलबारदेखि कर संकलन अभियान सुरु गरेको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

विराटनगर- विराटनगर महानगरपालिकाले मंगलबारदेखि कर संकलन अभियान सुरु गरेको छ। व्यवसाय दर्ता नगरी व्यवसाय गरिरहेकालाई करको दायरामा ल्याउने उद्देश्यसहित विराटनगर ४ ढाटबाट अभियानको सुरुवात गरिएको हो। 

National life

अभियानअन्तर्गत करको दायरामा नआएको तथा नविकरण नगरिएका सम्पत्ति कर, वहाल कर, व्यवसाय कर, व्यवसाय दर्ता, मदिरा पसल दर्ता, घर नक्सा दर्ता र फोहर मैला संकलनमा दर्ता समेटिएको राजश्व प्रशासन महाशाखा प्रमुख सरोज गौतमले बताए। 

महानगरनगरको आम्दानीको स्रोत रहेको राजश्व संकलन कम भएको हुनाले यसलाई वृद्धि गरी जनतामा आधारभूत र विकास निर्माण कार्य पुरा गर्न अभियान सञ्चालन गरिएको महानगर उपप्रमुख शिल्पा निराला कार्कीले बताइन्। 

महानर प्रमुख नागेश कोइराला, उपप्रमुख कार्कीले सचेतना अभियानअन्तर्गत पसल, उद्योग, घर नक्सा पास, दर्ता, सम्पत्ति कर तिरेको रसिद हेर्नुका साथै समयमा राजश्व भुक्तान गर्न, पसल दर्ता गर्न, नविकरण गर्न आग्रह गरेका थिए। अभियान वडा नम्बर १, ३, ४ ५ र १० लगायत १९ वडामा राजश्वको लक्ष्य पूरा नभएसम्म सञ्चालन गरिने राजश्व प्रशासन महाशाखा प्रमुख गौतमले बताए।

महानगरपालिकाले वार्षीक रूपमा एक अर्व राजश्व सङकलन गर्ने लक्ष्य लिएको छ।

Shivam cement

प्रकाशित: Dec 14, 2022| 07:01 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्