बिहीबार, जेठ २८, २०८३

निक्षेपको ब्याजदर यथावत

नेपाल बैंकर्स संघको पदाधिकारी बैठकले ब्याजदर नचलाउने निर्णय गरेको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९
National life
Shivam cement

काठमाडौं– बैंकहरूले पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने भएका छन्। नेपाल बैंकर्स संघको पदाधिकारी बैठकले ब्याजदर नचलाउने निर्णय गरेको हो।

यसअघि कायम व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको १०.१३३ प्रतिशत ब्याजदरले निरन्तरता पाउने भएको हो। रेमिट्यान्स निक्षेपमा भने बचत र मुद्दती दुवैमा न्यूनतम १ प्रतिशत बिन्दुले बढी ब्याजदर दिनुपर्ने प्रावधान छ।

अहिले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गए पनि पुसमा आयकरको प्रथम किस्ता भुक्तानी गर्नुपर्छ। पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघले बताएको छ।

प्रकाशित: Dec 13, 2022| 16:21 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्