बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गुल्मीमा तामा, फलाम र सिसा खानीको नमुना परीक्षण गरिँदै

गुल्मीमा तामा, फलाम र सिसा खानीको नमुना परीक्षण गरिँदै

सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन्।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

गुल्मी– गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानी अनुसन्धान सुरु गरिएको छ। जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन्। 

National life

६ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो। सत्यवती गाउँपालिकाको पहलमा भूगर्भविद्को सहयोगमा अनुसन्धान सुरु भएको भार्सेका वडाध्यक्ष होमबहादुर रानाले जानकारी दिए। 

त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका प्राध्यापक डा. कविराज पौडेलसहित ९ जनाको समूहले भार्सेका विभिन्न ठाउँमा पुगेर तामा, फलाम र सिसाको नमुना संकलन गरेर शनिबार फर्किएको छ। उनीहरुले पुस मसान्तभित्र नमुनाको नतिजा दिनेछन्।

भार्सेको देउराली, चाहारे, भैंसे, झुलेनी, चालपात, लुराङग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा रहेको विभिन्न खानीबाट नमुना संकलन गरिएको हो। भार्सेबाट तामा, फलाम र सिसा बन्ने कच्चापदार्थ धाउ बाग्लुङमा लगेर जाने गरेको पनि इतिहासका रुपमा रहेको स्थानीय नरु बुढाथोकीले बताए। 

भार्से गाउँ थाप्ले लेकको काखमा छ। यहाँ पर्यटकीय संरचना पनि बन्दै गएका छन्। भार्सेमा १२औं पुस्ता अगाडि तामा, फलाम र सिसा खानीको उत्खनन गर्ने क्रममा बस्ती बसेको पनि स्थानीयले बताइरहेका छन्। अनुसन्धानका क्रममा तामा, फलाम र सिसा खानी सावित भएमा सत्यवती गाउँपालिकाले उत्खनन सुरु गर्नेछ। 

Shivam cement

इतिहासका रुपमा रहेको तामा, फलाम र सिसा खानीको वास्ताविकता पत्ता लगाई खानी साबित भएमा उत्खनन गरेर आर्थिक रुपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ।–रासस

प्रकाशित: Dec 13, 2022| 13:48 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्