बिहीबार, जेठ २८, २०८३

रुकुम पश्चिमले बेच्यो १८ सय टन अदुवा

त्रिवेणी गाउँपालिकाको १८० हेक्टर जमिनमा लगाइएको अदुवा प्रतिकेजी ४० रुपैयाँमा बाहिर निकासी भएको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

रुकुम पश्चिम– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादित अदुवाले राम्रो बजार पाएको छ। सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेपछि उत्पादन बढेको हो।

National life

त्रिवेणी–४ पोखरीका शेरबहादुर खड्काले अदुवा खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताए। व्यापारीले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममै व्यस्तता बढेको उनको भनाइ छ।

मकै खेती छाडेर अदुवा खेती थालेका खड्काले आफ्नो बारीमा २० क्विन्टल अदुवाको बिउ लगाएकोमा अहिलेसम्म ८० क्विन्टल निकालेको बताए । अदुवा खेती गर्न तुलनात्मक रूपमा सजिलो हुने र मूल्यसमेत बढी पाइने भएकाले धेरै किसानले मकै खेती छाडेको उनको भनाइ छ।

पोखरी गाउँमा मात्रै ३२ परिवारले व्यावसायिक अदुवा खेती गरिरहेका छन्। व्यापारीले किसानको अदुवा प्रतिक्विन्टल ४ हजारसम्म खरिद गरेका छन्। गाउँमा पुगेको सडकका कारण व्यापारी ट्रयाक्टर लिएर अदुवा खरिद गर्न आउने गरेका छन्। यहाँका किसान अदुवा बेचेर एक सिजनमा करिब ५ लाखसम्म आम्दानी गर्छन्।

कृषि विकास कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले यस सिजनमा हालसम्म करिब १ हजार ८०० टन अदुवा जिल्ला बाहिर गएको जानकारी दिए। उनका अनुसार प्रतिकिलो औसत ४० रुपैयाँमा अदुवा बिक्री भइरहेको छ। कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा त्रिवेणी गाउँपालिकामा मात्र १८० हेक्टर क्षेत्रफल जमिनमा अदुवा लगाइएको छ।–रासस

Shivam cement

प्रकाशित: Dec 13, 2022| 13:17 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्