बिहीबार, जेठ २८, २०८३

सुनको मूल्य प्रतितोला १ लाख

अघिल्लो दिन प्रतितोला १ लाख २०० मा कारोबार भएको सुन आज प्रतितोला २०० ले घटेको हो ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९
National life
Shivam cement

काठमाडौं– सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला १ लाख २०० मा कारोबार भएको सुन आज प्रतितोला २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५०० छ। यसको मूल्य अघिल्लो दिन ९९ हजार ७०० थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३९० कायम भएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

प्रकाशित: Dec 13, 2022| 11:35 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्