शुक्रबार, फागुन २९, २०८२

ज्योति विकास बैंकद्वारा तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ।

National life

बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत प्रदेश नं। १ का तीनवटा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै बनाएको बेबी वार्मर प्रदान गरेको  हो।

ज्योति विकास बैंकले बाक्सिला स्वास्थ्य चौकी  खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल इलामलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।

बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो। अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु बाट बाक्सिला स्वास्थ्य चौकी, ओखलढुंगा सामुदायिक अस्पताल र इलाम जिल्ला अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

Laxmi sunrise bank
kumari

बैंकले डा महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा पछिल्लो २ वर्षमा देशका २३ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ र यस वर्ष थप १० वटा बेबी वार्मर प्रदान गर्दै छ।

ज्योति विकास बैंकले हाल १२० वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रकाशित: Dec 12, 2022| 16:37 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्