आइतबार, वैशाख १६, २०८१

तबस्सुमको त्यो लोकप्रियता र अमिताभसँगको किस्सा

सन् १९४७ मा अभिनेत्री नरगिससँग बाल कलाकारको रुपमा आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् उनले। 'दीदार'मा उनले नरगिसको बाल्यकालको भूमिका निभाएकी थिइन्।
 |  आइतबार, मंसिर २५, २०७९

बीबीसी

बीबीसी

आइतबार, मंसिर २५, २०७९

वरिष्ठ अभिनेत्री तबस्सुम गोविलको यही नोभेम्बर १८ शुक्रबार साँझ हृदयघातका कारण निधन भयो। तबस्सुमले लामो समय बलिउडमा काम गरिन्। 

triton college

उनी बाल्यकालदेखि नै चलचित्रको दुनियाँमा प्रवेश गरेकी थिइन्। उनले सन् १९४७ मा बाल कलाकारको रुपमा आफ्नो करियर सुरु गरेकी हुन् र निकै लोकप्रिय पनि थिइन्।

बाल कलाकारको रुपमा काम गर्दा उनको चलचित्रप्रतिको लगाव गहिरिँदै गयो। दर्शकले उनको नाम बेबी तबस्सुम राखिदिए। त्यसपछि उनले अभिनेत्रीको रुपमा पनि आफ्नो भाग्य चम्काउन सफल भइन्। उनले समयसँगै आफूलाई पनि बदलिन्। अभिनय छाडेर उनले सन् १९७२ देखि १९९३ सम्म दूरदर्शनका लागि सेलिब्रेटी टक शो 'फूल खिले है गुलशन-गुलशन' होस्ट पनि गरिन्।

९ जुलाई १९४४ मा जन्मिएकी तबस्सुम मूलतः अयोध्याकी थिइन्। उनका पिता अयोध्यानाथ सचदेव र आमा असगरी बेगम थिए। तबस्सुम स्वतन्त्रता सेनानीको परिवारबाट आएकी थिइन्। तबस्सुमले मुम्बईमा पढेकी थिइन्। उनले तीन वर्षको उमेरदेखि नै बाल कलाकारको रूपमा काम गर्न थालेकी थिइन्।

सन् १९४७ मा अभिनेत्री नरगिससँग बाल कलाकारको रुपमा आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् उनले। 'दीदार'मा उनले नरगिसको बाल्यकालको भूमिका निभाएकी थिइन्। त्यसपछि सन् १९४७ मा 'मेरा सुहाग' र 'बदी बहन' फिल्म पनि रिलिज भए। उनले 'बैजु बावरा' (१९५२) मा मीना कुमारीको बाल्यकालको पात्र निभाएकी थिइन्।

corrent noodles
Metro Mart

सन् १९५२ मा आएको चलचित्र 'दीदार' को 'बचपन के दिन भुला ना देना...' गीत निकै लोकप्रिय भएको थियो। त्यो गीत बेबी तबस्सुमलाई लिएर खिचिएको थियो। यो गीत लता मंगेशकर र शमशाद बेगमले गाएका थिए।

हुर्किएपछि तबस्सुमले ठूला ब्यानरका चलचित्रमा चरित्र अभिनेत्रीको रुपमा काम गर्ने मौका पाइन्। तबस्सुम ती अभिनेत्री मध्येकी एक हुन् जसले दिलीप कुमार, राज कपूर, नरगिस, मीना कुमारी, अशोक कुमार, राज कुमार, देवानन्द, शशि कपूर जस्ता धेरै कलाकारसँग चरित्र अभिनेत्रीको रूपमा काम गरिन्।

फिल्मले भन्दा धेरै लोकप्रियता टिभीले दियो

प्रकाशित: Dec 11, 2022| 10:18 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।